Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

एक हप्ताभित्र काठमाडौँको धारामा मेलम्चीको पानी आउँछः खानेपानीमन्त्री यादव


काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा वितरण हुने बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले अबको दुई÷तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका छन् । उनले २०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरु त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिएका छन् ।

उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गर्दै उनले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरु डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताएका छन् । उनले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरुले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको बताउदै स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरु मेलम्ची पुगिसकेको पनि बताएका छन् ।

उनले भने, ‘२०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भयो । त्यसको कारणले गर्दा वर्षातमा मुहान बन्द गर्छौँ । वर्षा सकिएपछि मात्रै पानी दिन्छौँ । तर मलाई लाग्छ मौसम विज्ञानले फेरि केही दिन कोशी र वागमती प्रदेशमा अलर्ट रहनु भनेकाले रोकेका छौँ । तर यो चेतावनी सकिए लगत्तै हामी मेलम्चीको पानी खोल्छौँ । मेलम्चीको पानी खोल्ने बित्तिकै त्यो समस्या समाधान हुन्छ । त्यो भन्दाअघि पाइपको पनि डिजिटल प्रणाली छ, त्यसबाट कहाँ कहाँ पाइप फुटेको छ, कहाँ नष्ट भएको छ, त्यो हेर्ने काम गरिरहेका छौँ । तत्काल मर्मत गरेर पानी छोड्ने हामीले सोचेका छौँ । पानी खोल्नु भन्दा अगाडि एउटा ठूलो महाभारत छ । त्यो भनेको मेलम्चीका स्थानीयहरुको आन्दोलन । त्यहाँ बाढी,पहिरो पीडितहरुको आन्दोलन छ । त्यसले समस्या गरेको छ, कर्मचारी त्यहाँ जानुभएको छ । उहाँहरुको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ । उहाँहरुको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ । पानी छोड्न उहाँहरुले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ । दुई तीन दिनपछि पानी खोल्नेछौँ ।’

मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौंमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरुले पानी पठाउन अवरोध नगर्नेमा आशावादी रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?