Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपाल-कोरिया कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा


काठमाडौँ । नेपाल—कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ ।

नेपाल र गणतन्त्र कोरियाली दुतावासले मंगलवार साँझ ५० औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको हो । ५० औं स्वर्ण जयन्तीको अवसरमा दुतावासले कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभुति गराउनका लागि तीनसम्म विभिन्न कार्यक्रमहरू काठमडौंमा आयोजना गरेको हो । कोरियाले ५० औं स्वर्ण जयन्तीको अवसरमा ‘कोरियाली डिजिटल कला प्रदर्शनी’ तथा हाजिरी जवाफ र कोरिया भाषा वतृत्वकला प्रतियोगिता समेत गरेको थियो । मंगलवार ५० औं स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहभागिता जनाएका छन् । नेपाल र कोरिया सरकारबीच कुटनीतिक सम्बन्धसँगै व्यापार र लगानीमा समेत सम्बन्ध बिस्तार हुँदै आएको छ । कार्यक्रमा सहभागि उद्योगी व्यवसायीहरुले कोरियाले नेपाललाई महत्व दिएर लगानी र सहयोग गरिरहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले कोरियाले नेपालको शिक्षा,रोजगार र आर्थिक क्षेत्रमा सहयोग गर्दै आएको बताएका छन् । उनले कोरियासँग इपीएस कार्यक्रम सफल भएर नेपालको लागि राम्रो भएको बताउदै उनले कोरिया धेरै विकसित मुलुक भएको भन्दै प्रविधि भित्र्याउन र नेपालको निजी क्षेत्रले कोरियासँग समन्वय गरेर उद्योग व्यापारमा लगानी भित्र्याउन सक्नुपर्ने बताएका छन् । उनले कोरियासँग नेपालले द्विपक्षीय लगानी सम्झौता (बीआईए) गरेर जानु आवश्यक देखिएको बताएका छन्  ।

व्यवसायी दीपक मलहोत्राले पनि नेपालमा कोरियाले हाईड्रो,उद्योग र पर्यटनमा लगानी गरिरहेको बताएका छन् । उनले नेपालका सामाग्री कोरियामा निर्यात गर्ने विषयमा पहल भइरहेको बताए ।

उनले नेपाललाई कोरियाले दिएको महत्वको फाइदा लिन सक्नुपर्ने बताउदै उनले व्यापार र उद्योगको क्षेत्रमा कोरियाको लगानी वृद्धि भइरहेकोबताएका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?