एजेन्सी। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायलविरुद्धको सैन्य कारबाही सकिएको बताएका छन्।
इरानले मंगलवार राति इजरायल भित्रका लक्ष्यहरू विरुद्ध गरेको मिसाइल आक्रमणको विस्तृत विवरण दिँदै उनले सो टिप्पणी गरेका हुन् । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले हमास पोलिटब्युरो प्रमुख, हिजबुल्लाह महासचिव र आईआरजीसीका एक वरिष्ठ कमाण्डर लगायतका प्रतिरोधी नेताहरूको हत्याको बदलास्वरूप आक्रमणहरू भएको र यसका दुर्भावनापूर्ण कार्यहरूलाई तिब्रता दिएको बताएको छ ।
मङ्गलवार इजरायलको सेनाले इरानी आक्रमणको जवाफ दिन आज राति मध्यपूर्वमा आक्रमण गर्ने प्रतिवद्धता गरेको थियो ।
प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार