Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गाजा शरणार्थी शिविरमा इजरायली आक्रमणः १२ जनाको मृत्यु


एजेन्सी। मध्य गाजापट्टीको नुसिराट शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।

गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले इजरायली युद्धक विमानले शिविरमा रहेका दुईवटा घरलाई निशाना बनाएर १२ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । बसालले सिभिल डिफेन्सको टोली र स्थानीय बासिन्दाले पीडितको खोजी र उद्दार गरिरहेको बताए । मृतक र घाइतेमध्ये अधिकांश महिला र बालबालिकालाई अस्पताल पुर्याउने काम भइरहेको बताएका छन् । इजरायली सेनाले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा करिव १ हजार २ मानिस मारिएका थिए र २५० जनालाई बन्धक बनाएका थिए । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ६१५ पुगेको छ ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?