Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गाजा शरणार्थी शिविरमा इजरायली आक्रमणः १२ जनाको मृत्यु


एजेन्सी। मध्य गाजापट्टीको नुसिराट शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।

गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले इजरायली युद्धक विमानले शिविरमा रहेका दुईवटा घरलाई निशाना बनाएर १२ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । बसालले सिभिल डिफेन्सको टोली र स्थानीय बासिन्दाले पीडितको खोजी र उद्दार गरिरहेको बताए । मृतक र घाइतेमध्ये अधिकांश महिला र बालबालिकालाई अस्पताल पुर्याउने काम भइरहेको बताएका छन् । इजरायली सेनाले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा करिव १ हजार २ मानिस मारिएका थिए र २५० जनालाई बन्धक बनाएका थिए । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ६१५ पुगेको छ ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?