Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अफगानिस्तानमा डुंगा डुब्दा ४ जनाको मृत्यु


एजेन्सी। पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको एक नदीमा १४ जना बोकेको डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् ।

प्रान्तको कुज कुनार जिल्लाको बाहिरी भागमा नदी पार गर्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बादलूनले बताएका छन् । चार जनाको उद्धार गरिएको छ भने अन्य ६ जना बेपत्ता छन् । यात्रुहरूमध्ये महिला र बालबालिका पनि थिए ।

जुन महिनामा प्रान्तको एउटा नदीमा २६ जना बोकेको डुङ्गा पल्टिँदा आठ जनाको ज्यान गएको थियो भने पाँच जना बेपत्ता भएका थिए ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?