Trending
>>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एनपिएलको आठ टिमका टिम मालिक सार्वजनिक


काठमाडौँ ।  नेपाल प्रमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघले मङ्गलवार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो । सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो ।

काठमाडौं गुर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ रहेका छन् । नेपाल स्पोर्टस डेभलपमेण्ट भेन्चर प्रा.लि. कम्पनीले यो टिम किनेको हो । पोखरा एभेन्जर्स नेपाल टी–ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको हो भने टिम मालिकमा सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ रहेका छन् । चितवन मेडिकल कलेजले किनेको चितवन राइनोजका टिम मालिक हरिशचन्द्र न्यौपाने र आयुश न्यौपाने हुन् । विराटनगर किंग्सका मालिक पारस लुनियाँ हुन् । कम्पनीको नाम एमएडी ड्रीम्स हो । लुम्बिनी लायन्सका टिम इश्वर जीसीले फर्चुन हेल्थ केयर कम्पनीको नाममा किनेका हुन् । ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले जनकपुर बोल्ट्स खरिद गरेका हुन् । हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका झनकदत्त खनाल र ग्रिहेन्द्र घिमिरेले कर्णाली याक्स किनेका हुन् ।

यस्तै सुदूरपश्चिम रोयल्स स्वतन्त्र प्रताप शाहले किनेका हुन् । एम्पायर स्पोर्ट्सले सुदूरको टिम खरिद गरेको हो । टिम मालिक सार्वजनिकसँगै अधिकांश टिमका मालिकहरूले क्रिकेटमा लगानी गर्नुलाई देशप्रतिको जिम्मेवारीको रूपमा लिएको बताए । धेरैले यो शुरूवातको लागि क्यान नेतृत्वलाई धन्यवाट दिए । मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने लिगको चर्चा अहिले निकै चुलिएको छ । यसअघि क्यानले मार्की खेलाडीले जनही २० लाख प्राप्त गर्ने घोषणा गरेको थियो ।

आठ टिमले टिम खरिदका लागि १६ करोड ८८ लाख ९३ हजार २३१ रूपैयाँ खर्चेका थिए ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?