Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ । समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ ।

समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वयविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको छ । समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?