Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले गलत प्रचार गरेः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूविरुद्ध ५ अर्ब खान लागेको भन्ने गलत प्रचार गरेको बताएका छन् ।

मंगलवार आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले  त्यो समयमा एमाले सरकारमा भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिनेकुरा आफूले नगरेको बताएका छन्  । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले आफू निकट पत्रिकामा समाचार लेखाएर हल्ला फिँजाएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्न सरकारलाई खबदारी गरेपछि प्रधानमन्त्री झस्किएर भोलिपल्ट ५ अर्ब खाने भयो भन्ने समाचार लेखाएको बताउदै उनले  आफू कमिसनका निम्ति काम गर्ने नभई देशका निम्ति काम गर्ने  र भ्रष्टाचार गर्ने नभइ, रोक्ने मान्छे भएकाले भ्रष्टाचार काम आफूबाट हुन नसक्ने बताएका छन् । उनले  अध्यक्ष नियुक्ति गर्ने अर्थमन्त्री एउटा र  प्रधानमन्त्री अर्को हुँदा बाहिरको बसेको आफूलाई ५ अर्ब खाने भयो भनेर अफवाह फैल्याइएको बताएका छन्  ।

उनले  शेयर मार्केटमा तलमाथि हुनु स्वाभाविक प्रक्रिया भएको बताउदै उनले  विपद्जन्य घटनाका कारण देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको अवस्थामा शेयर मार्केट तल जानु स्वाभाविक  प्रक्रिया भएको बताएका छन्  ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?