Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड क्षतिको अनुमान


काठमाडौँ । मनसुनजन्य विपद्बाट २१ जिल्ला बढी प्रभावित भएको छन् ।

काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका जिल्लाहरु रहेको सरकारले जनाएको हो । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पत्रकार सम्मेलनमा सरकारको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएको बताएका छन् ।

त्यस्तै ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको बताउनु भयो । उहाँले भौतिक प्रगतिको प्रारम्भिक आँकलनअनुसार हालसम्म खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, उर्जाका पूर्वधारमा ४ अर्ब र सिंचाई पूर्वाधारतर्फ १ अर्ब क्षति भएको आँकलन गरेको बताएका छन् ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?