Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर छः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता  गराउन सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले सरकार सहकारी पीडितहरुको रकम फिर्ता गराउन प्रतिवद्ध रहेको बताउदै उनले  सहकारी पीडितको पीडा सरकारले सुन्ने र डुबेको रकम फिर्ता गर्ने बताएका छन्  । उनले सहकारीको रकम मनलाग्दी खर्च गरेको पाइएको भन्दै फिर्ता कसरी ल्याउने भन्नेकुरामा सरकार गम्भीर भएर लागेको बताउदै उनले  पीडकसँग रकम असुल उपर गर्न सरकार लागेको बताएका छन्  ।

प्रधानमन्त्री ओलीले भने   ‘सहकारी पीडितहरुको पीडा सुन्नुपर्छ, उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ । तर कहिले कहिले यस्तो भइदिन्छ, कसले त्यतिबेला कसले पैसा लियो, उफ्रि उफ्रि खायो । खाइसकेको त गइसक्यो । त्यसलाई फिर्ता कसरी ल्याउने भन्नेकुरा कोही कोही सहकारीहरुको फिर्ता गराउने स्थिति होला । यस सम्बन्धमा अध्ययन पनि भइरहेको छ । र सहकारी पीडितहरुका समस्यालाई समाधान गर्ने सम्बन्धमा सरकार एकदमै धेरै गम्भीर छ । यो कसरी सही समाधान हुनसक्छ ? त्यसमा गम्भीर छौँ । यसरी पैसा कहाँ—कहाँ पु¥याइसकेको छ । यसरी उडाएर खर्च गरेको छ । कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, असुल उपर गराउन सकिन्छ ? त्यसमा सरकार लागेको छ । हामीले कानून पनि बनाएका छौँ । कानूनको दायराभित्र रहेर त्यो काम गर्नुपर्छ । यत्तिकै सामाजिक सञ्जालमा बोलिदिनेलाई त सजिलो होला । सरकारलाई सजिलो हुँदैन यस्ता कुराहरु । सरकार आफू पनि कानूनभित्र बाँधिएर बसेको हुन्छ । कानूनभित्र रहेर काम गर्नेकुरामा प्रतिवद्ध छ ।’

प्रधानमन्त्री ओलीले कानूनको दायराभित्र रहेर सरकारले काम गर्ने बताएका छन्  ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?