Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर छः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता  गराउन सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले सरकार सहकारी पीडितहरुको रकम फिर्ता गराउन प्रतिवद्ध रहेको बताउदै उनले  सहकारी पीडितको पीडा सरकारले सुन्ने र डुबेको रकम फिर्ता गर्ने बताएका छन्  । उनले सहकारीको रकम मनलाग्दी खर्च गरेको पाइएको भन्दै फिर्ता कसरी ल्याउने भन्नेकुरामा सरकार गम्भीर भएर लागेको बताउदै उनले  पीडकसँग रकम असुल उपर गर्न सरकार लागेको बताएका छन्  ।

प्रधानमन्त्री ओलीले भने   ‘सहकारी पीडितहरुको पीडा सुन्नुपर्छ, उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ । तर कहिले कहिले यस्तो भइदिन्छ, कसले त्यतिबेला कसले पैसा लियो, उफ्रि उफ्रि खायो । खाइसकेको त गइसक्यो । त्यसलाई फिर्ता कसरी ल्याउने भन्नेकुरा कोही कोही सहकारीहरुको फिर्ता गराउने स्थिति होला । यस सम्बन्धमा अध्ययन पनि भइरहेको छ । र सहकारी पीडितहरुका समस्यालाई समाधान गर्ने सम्बन्धमा सरकार एकदमै धेरै गम्भीर छ । यो कसरी सही समाधान हुनसक्छ ? त्यसमा गम्भीर छौँ । यसरी पैसा कहाँ—कहाँ पु¥याइसकेको छ । यसरी उडाएर खर्च गरेको छ । कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, असुल उपर गराउन सकिन्छ ? त्यसमा सरकार लागेको छ । हामीले कानून पनि बनाएका छौँ । कानूनको दायराभित्र रहेर त्यो काम गर्नुपर्छ । यत्तिकै सामाजिक सञ्जालमा बोलिदिनेलाई त सजिलो होला । सरकारलाई सजिलो हुँदैन यस्ता कुराहरु । सरकार आफू पनि कानूनभित्र बाँधिएर बसेको हुन्छ । कानूनभित्र रहेर काम गर्नेकुरामा प्रतिवद्ध छ ।’

प्रधानमन्त्री ओलीले कानूनको दायराभित्र रहेर सरकारले काम गर्ने बताएका छन्  ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?