Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले वर्तमान दुई तिहाईको(काँग्रेस–एमाले)को सरकार घातक भएको बताएका हुन् । उनले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरुले बिरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गरेका हुन् ।

उनले काँग्रेस–एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताए । उनले दुई ठूला पार्टीको सरकार हुँदा सरकारलाई सचेत गराउने स्वर सानो हुने बताएका छन् । सभापति लामिछानेले सरकारले रात्रिकालिन बस नचलाउन सूचना जारी गरेपनि सरोकारवाला निकायलाई जानकारी नगराएको भन्दै सकारले गैरजिम्मेवारपूर्ण काम गरेको बताए । उनले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरुको बिल्लिबाठ भएको बताएका छन् ।

उनले भने, ‘… यहीँ हुनुहुन्छ माननीयज्यूहरु त्यतिबेला राजु सदाको कोभिडले मृत्यु हुँदा यो मृत्यु भएको होइन राज्यले हत्या गरेको भन्नुभएको थियो । त्यो ढंगको प्रतिक्रिया हुनुप¥यो नि । त्यो ढंगको अर्जेन्सीको महशुस हुनुप¥यो नि । त्यसको महशुस भएर त्यही अनुसारको अभिव्यक्त हुनुप¥यो नि । ताकि भोलिका दिनमा यस्तो चिज नहोस् भनेर । दुई तिहाइको सरकार घातक छ । एउटा प्रतिपक्षमा बस्नुपर्छ ठूलो पार्टी । नत्र यस्तै हुन्छ । शान्त हुन्छ । केही पनि नभएजस्तो हुन्छ । मैले त्यतिखेर(गृहमन्त्री हुँदा) एक्शन रुमबाट राम्रो तयारी गरेको थिएँ । त्यसको निरन्तरता भएन । त्यसको निरन्तरता हुन सकेको भए, कमाण्ड पोस्टको मान्छे २४ सै घण्टा बस्ने व्यवस्था गरिएको थियो । प्रदेशभर राखिएको थियो । हेल्प सेन्टर राखिएको थियो । ति कुनै चिजको कार्यान्वयन भएनन् । राति गाडी नगुडाउनु भन्ने सूचना आयो । ट्राभल एडभाइजरीले बाटोमा गाडी रोक्छ ? ट्राभल एड्भाइजरी जारी गरेपछि त्यसको अक्षरशः पालना गर्नुपर्छ भनेर कसलाई भनियो ? कहाँ परिपत्र भयो ? रोक्ने गौँडाहरु त थिए त । कही पनि गर्न सकिएन । नियमित जस्तो झारा टार्ने काम भयो । सरकारले गरेको यो एकदमै गैरजिम्मेवारीपूर्ण काम हो । यो कुरालाई स्वीकार गर्नुपर्छ । हाम्रो स्रोत, साधन, क्षमतामा सिमितता छ । तर असिमित इच्छाशक्ति हुन सकेको भए नागरिकको ज्यान बचाउन सकिन्थ्यो । मान्छेहरुको यस्तो बिल्लिबाठ हुँदैन थियो ।’

सभापति लामिछानेले आफू गृहमन्त्री हुँदा बनाएको एक्शन रुमको कार्यान्वयन गरेको भए ठूलो क्षति नहुने जिकिर गरेका छन् ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?