Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

थाइल्याण्डमा स्कुल बसमा आगलागी : २५ जनाको मृत्यु भएको आशङ्का


बैंकक । थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताएका छन् । “प्रारम्भिक प्रतिवेदनअनुसार बसमा ३८ जना विद्यार्थी र ६ जना शिक्षकसहित ४४ जना थिए । हामीलाई जानकारी भएअनुसार तीन शिक्षक र १६ जना विद्यार्थी बाहिर निस्केका छन्”, उनले सञ्चारकर्मीलाई बताएका छन् ।

उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिडेको बस उत्तरी बैंककको उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको एक उद्धारकर्मीले जानकारी गराउनुभयो । कम्प्रेस्ड ग्यासमा चलिरहेको बस ठोक्किँदा इन्धन ट्याङ्की जलेर आगलागी हुन पुगेको उनले बताएका छन् ।

“मैले उथाइ थानीबाट विद्यार्थी बोकेको बसमा आगलागी भएको जानकारी प्राप्त गरे, म घाइते र मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु”, पेटोङटार्नले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो । आगो नियन्त्रणमा लिएको तर शव खोज्नुअघि बस चिसो हुन पर्खनुपरेको उद्धारकर्मीले बताएका छन् ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?