Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ : बार अध्यक्ष घिमिरे


काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन्  ।

मंगलवार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अपहेलना मुद्दाको विषय नै नभएका जिकिर गरेका छन् । उनले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रश्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताएका छन् । उनले आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने बताउदै उनले अपहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न पनि चेतावनी दिएका छन्  ।
उनले भने, ‘न्याय परिषद्ले हिजो मेराबिरुद्ध खेद प्रश्ताव पास गरेको रहेछ । उहाँहरु गैरसंवैधानिक काम गर्ने, खेद जति हामीले खाने भएको रहेछ । आज नेपाल बार एशोसिएशनको बिरुद्ध सर्वोच्च अदालतमा एउटा अपहेलना मुद्दा दर्ता भएको हामीले हे¥यौँ । यो मुद्दा हामी फेस गर्छौँ । नेपाल बार यो मुद्दा फेस गर्छ । यो मेरो मात्रै मुद्दा होइन, कानून व्यवसायीको प्रतिष्ठासँग जोडिएको विषय हो । कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ । यो अपहेलनाको मुद्दा बन्ने विषय नै थिएन । यो अदालतको विषय नै होइन । न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय मान्नु हुँदैन । यसरी हामी संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने हुन थाल्यौँ भने त यो घुमाउरो पारोले हाम्रो अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च हुँदैछ ।’

बार अध्यक्ष घिमिरेले संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने कुराले अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च चलिरहेको अनुमान गर्न सकिने बताएका छन ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?