Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ : बार अध्यक्ष घिमिरे


काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन्  ।

मंगलवार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अपहेलना मुद्दाको विषय नै नभएका जिकिर गरेका छन् । उनले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रश्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताएका छन् । उनले आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने बताउदै उनले अपहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न पनि चेतावनी दिएका छन्  ।
उनले भने, ‘न्याय परिषद्ले हिजो मेराबिरुद्ध खेद प्रश्ताव पास गरेको रहेछ । उहाँहरु गैरसंवैधानिक काम गर्ने, खेद जति हामीले खाने भएको रहेछ । आज नेपाल बार एशोसिएशनको बिरुद्ध सर्वोच्च अदालतमा एउटा अपहेलना मुद्दा दर्ता भएको हामीले हे¥यौँ । यो मुद्दा हामी फेस गर्छौँ । नेपाल बार यो मुद्दा फेस गर्छ । यो मेरो मात्रै मुद्दा होइन, कानून व्यवसायीको प्रतिष्ठासँग जोडिएको विषय हो । कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ । यो अपहेलनाको मुद्दा बन्ने विषय नै थिएन । यो अदालतको विषय नै होइन । न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय मान्नु हुँदैन । यसरी हामी संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने हुन थाल्यौँ भने त यो घुमाउरो पारोले हाम्रो अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च हुँदैछ ।’

बार अध्यक्ष घिमिरेले संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने कुराले अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च चलिरहेको अनुमान गर्न सकिने बताएका छन ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?