Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ : गगन थापा


काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानविन गर्न माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा छानविन गर्नुपर्ने बताएका हुन् । उनले सरकारको निर्णय विपरित रात्रिबस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने र नख्खु बाढीमा फसेकाहरुको उद्धार गर्न नसकिएको विषयमा पनि छानविन गर्नुपर्ने माग गरेका छन् । नख्खु बाढीमा फसेकाहरुको समयमै उद्धार गर्न नसक्नुमा कसको दोष हो यस विषयमा छानविन गरी दोषि उपर कारबाही गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरीको प्रमुखदेखि अरु जिम्मेवारीमा बसेका मानिसहरु अहिले जुन ठाउँमा बसेर आपतकालिन अवस्थामा जुन तरिकाले काम गरिरहेको देख्नुपर्ने हो त्यो नदेख्दाखेरी स्वभाविक रुपमा प्रश्नहरु छन् । बैठकहरु धेरै भए । एकपछि अर्को डुप्लिकेशनहरु भएको छ । निर्णयको कार्यान्वयनहरु भएको छैनन् भन्ने गुनासोहरु छन् । गृहमन्त्रीलाई म ध्यानाकर्षण गराउन चाहन्छु, रात्रिबस सञ्चालन नगर्ने भनेर निर्णय भएको एकातिर देखिन्छ । अर्कोतिर रात्रि बस सञ्चालन भएको देखिन्छ । यसको कसै न कसैले जिम्मा लिनुपर्छ । छलफलको विषय मात्रै भएर हुँदैन । नख्खुकै सन्दर्भमा पनि त्यहाँ प्रहरी लगायतका अधिकारीहरु पुगेको भन्ने सन्दर्भ छ, गृहमन्त्रालयले यि दुवै विषयको सत्यतथ्य के हो भन्ने बारेमा छानविन पनि गर्ने । राजनीतिक नेतृत्वको कमजोरी हो भने त्यो कमजोरीलाई स्वीकार गर्ने । राजनीतिक नेतृत्वले ठिक ढंगले गर्न खोजेको तल कसैले नगरेको हो भनेपनि कसले नगरेको हो ? प्रमुख जिल्ला अधिकारीले नगरेको हो भने भन्नुप¥यो । प्रहरी प्रमुखले नगरेको भए प्रहरी प्रमुखले भन्नुप¥यो । कसै न कसैले जिम्मा लिनुपर्छ । कसैले पनि जिम्मा नलिने भयो भनेदेखि हामी यस्तै हो भन्नेतिर जान्छ । यसको बारेमा तुरुन्तै छानविन गर्ने र जो दोषि हो दोषिले भागिदार बन्नुपर्छ ।’

सांसद थापाले संघीय सरकार उद्धारमा केन्द्रित हुनुपर्ने र राहत वितरणको काममा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?