Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयो : रक्षामन्त्री राई


काठमाडौँ । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताएका छन् । उनले कतिपय अवस्थामा विपद्मा परेकाहरुले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको बताए । उनले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताएका छन् ।

उनले भने,‘सुनकोशी र रोशी खोला जहाँ गहिरो छ । बादल छ । त्यो भित्र हेलिकप्टर तुरुन्तै जान नसक्ने । फेरि विपत्तिमा परेका मानिसहरुले पनि प्रहरी नपुगेका र त्यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय हुन नसक्दाखेरी कुन ठाउँमा म छु, त्यहाँ हेलिकप्टर बस्न सक्छ कि सक्दैन ? सानो हेलिकप्टर कि ठूलो हेलिकप्टर भन्ने कुरा पहिचान हुन नसक्दाखेरी कहाँ उद्धार गर्ने ? हेलिकप्टर ठाउँ खोज्दै जाँदा पनि कतिपय समय व्यतित भएको । त्यसकारण जनप्रतिनिधि र प्रहरी पुगेका ठाउँमा एकदम सजिलो भएको छ । हेलिकप्टर कहाँ आउने ? कतिजना मान्छे छ ? कुन खालको वृद्धवृद्धा, घाइते छन् ? सजिलो भयो । स्थानीय तहको ठुलो भुमिका हुने रहेछ । कुन गाउँपालिकाको कुन वडामा छु ? कुन टोलमा छु भन्नेसम्म विपद्मा परेका मान्छेहरुले पहिचान गर्न नसक्दा पनि कतिपयको ज्यान गएका छन् ।’

मन्त्री राईले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?