Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयो : रक्षामन्त्री राई


काठमाडौँ । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताएका छन् । उनले कतिपय अवस्थामा विपद्मा परेकाहरुले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको बताए । उनले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताएका छन् ।

उनले भने,‘सुनकोशी र रोशी खोला जहाँ गहिरो छ । बादल छ । त्यो भित्र हेलिकप्टर तुरुन्तै जान नसक्ने । फेरि विपत्तिमा परेका मानिसहरुले पनि प्रहरी नपुगेका र त्यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय हुन नसक्दाखेरी कुन ठाउँमा म छु, त्यहाँ हेलिकप्टर बस्न सक्छ कि सक्दैन ? सानो हेलिकप्टर कि ठूलो हेलिकप्टर भन्ने कुरा पहिचान हुन नसक्दाखेरी कहाँ उद्धार गर्ने ? हेलिकप्टर ठाउँ खोज्दै जाँदा पनि कतिपय समय व्यतित भएको । त्यसकारण जनप्रतिनिधि र प्रहरी पुगेका ठाउँमा एकदम सजिलो भएको छ । हेलिकप्टर कहाँ आउने ? कतिजना मान्छे छ ? कुन खालको वृद्धवृद्धा, घाइते छन् ? सजिलो भयो । स्थानीय तहको ठुलो भुमिका हुने रहेछ । कुन गाउँपालिकाको कुन वडामा छु ? कुन टोलमा छु भन्नेसम्म विपद्मा परेका मान्छेहरुले पहिचान गर्न नसक्दा पनि कतिपयको ज्यान गएका छन् ।’

मन्त्री राईले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?