Trending
>>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

विपद् पीडितलाई सहयोग गर्न एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने


काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

मंगलवार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरुको पुनःस्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न निर्देशन दिएका हुन । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक सुनिता बरालले एमालेका जनप्रतिनिधिहरुले पनि आवश्यक सहयोगमा लाग्न निर्देशन दिएको बताइन् । उनले आम नागरिकलाई साझा रुपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्नुभएको बताइन् । सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको जानकारी दिएकी छिन् ।
उनले भनिन्, ‘अहिले भइरहेको प्राकृतिक विपत्ति जुन बाढी पहिरोका कारणले भएको क्षति छ यसकै सन्दर्भसँग जोडिएका बसेका थियौँ । सँगै सम्माननीय प्रधानमन्त्रीज्युको संयुक्त राष्ट्रसंघको भ्रमणका विषयमा पनि उहाँले जानकारी गराउनु भयो । भ्रमण जानुअघि सरकारले ल्याएको संकल्प कार्यक्रमहरु थिए, जुन साझा कार्यक्रमहरु त्यसमा पनि प्रतिवद्ध भएर अघि बढ्न भन्नुभएको छ । बाढी पीडितहरुको सन्दर्भमा पुनःस्थापना गर्ने, उहाँहरुलाई राहतको व्यवस्था गर्ने, समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गरी हामी जनप्रतिनिधिले कहाँ र कसरी सहयोग गर्न सकिन्छ भन्नेकुरामा साझा रुपमा संयुक्त आह्वान गर्दै डटेर अघि बढ्ने । यसमा नेकपा एमाले र एमाले दलका तर्फबाट सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि अनुरोध गर्ने र सरकारी संयन्त्रहरुको अधिकतम उपयोग गर्नका लागि जनप्रतिनिधिहरु सचेततापूर्वक लाग्नेकुराको निर्देशन दिनुभएको छ । नेकपा एमाले दलमा आवद्ध हुनुभएका सांसदहरुको आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्न निर्देशन गरेका छौँ ।’

सचेतक बरालले एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको पनि बताएकी छिन् ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?