Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्याउन संसदीय समितिको निर्देशन


काठमाडौं।  संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन  सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो । मङ्गलवार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न लगायत राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि समितिले भनेको छ । त्यस्तै सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाइ यातायातको व्यवस्थापन गर्न तथा खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन समितिको निर्देशन रहेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिएका छन् ।

उनले भने, ‘यो बैठक नेपाल सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुर्नस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन निर्देशन गर्दछ । हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्नेगरी मर्मत सम्भार गर्न, सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्थापन गर्न, खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन र पीडितहरुलाई राहतको छिटोभन्दा छिटो व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ र त्यो गर्न नेपाल सरकारलाई निर्देशन दिन्छौँ । विभिन्न बाटामा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पु¥याउन पहल गर्न र थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’

समितिले बजारमा तरकारी, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भइरहेको भन्दै बजार अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?