Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर विजयी


काठमाडौं। ललितपुर क्विन्स पहिलोपल्ट शुरु भएको एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने फ्रेन्चाइज टोली बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा सोमवार भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकाल्दै एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने टोली हो । यससँगै ६ टोली सहभागी पहिलो संस्करणको फ्रेन्चाइज लिगमा क्विन्सले तीन अंक बटुलेको छ । तीन थाई खेलाडीको राम्रो साथ पाएको क्विन्सले पहिलो सेट २५–२० ले आफ्नो बनाउँदै राम्रो शुरुवात गर्यो । तर दोस्रो सेटमार्फत काठमाडौं स्पाइकर्सले पुनरागमन गर्ने संकेत गर्यो  ।

यो सेट काठमाडौंले २५–२१ ले आफ्नो बनाउँदै बराबरीमा ल्यायो । उषा भण्डारीको काठमाडौं स्पाइकर्सले तेस्रो सेटमा पनि चुनौती दियो । तर, लिबेरो सलिना श्रेष्ठको ललितपुर क्विन्सले २५–२१ ले आफ्नो पक्षमा पार्दै फेरि अग्रता लियो । तेस्रो सेटमा ललितपुर क्विन्सकी थाइ खेलाडी र काठमाडौंकी स्वदेशी घाइते हुँदै बाहिरिए । यद्यपि, एक विदेशी खेलाडी बिना नै ललितपुर क्विन्स चौथो सेटमा काठमाडौं स्पाइकर्समाथि हावी भयो । यो सेट पनि २५–१९ ले आफ्नो पक्षमा पार्दै ललितपुर क्विन्सले पहिलो संस्करणमा सुखद् शुरुवात गरेको छ ।

सोमवार नै थप दुई खेल हुनेछन् । दोस्रो खेलमा मधेस युनाइटेडले कर्णाली एसभिस तथा तेस्रो खेलमा चितवन शक्तिले गण्डकी थन्डर्ससँग प्रतिष्पर्धा गर्दैछन् । मधेसको कप्तान निरुता ठगुन्ना र कर्णालीको कप्तानीमा मिडल ब्लकर सुमित्रा रेग्मी हुन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले चितवन शक्तिको नेतृत्व गर्दैछिन् भने गण्डकीको कप्तानीमा सरस्वती चौधरी छिन् । प्रत्येक टोलीले एक मार्की, तीन विदेशी र १२ खेलाडी राख्न पाउने प्रावधान छ । सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडी छन् । फ्रेन्चाइज टोलीले अमेरिका, युरोप र एशियाका खेलाडीहरू अनुवन्धन गरिसकेका छन् ।

सबैले एकआपसमा खेलेपछि लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधि भिडन्त गर्नेछन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ । नेपालमा क्रिकेट र फुटबलपछि भलिबलको फ्रेन्चाइज लिग सुरु भएको हो । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पहिलोपल्ट सुरु भएको भलिबलको फ्रेन्चाइज लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । यस फ्रेन्चाइज लिगमा भारतबाट चार जना, टर्किए, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक विदेशी खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?