Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रश्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी


काठमाडौं। प्रश्तावित प्रधानन्यायाधीश प्र्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उहाँविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएका छन् ।

त्यसैगरी बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवविरुद्ध पनि १/१ वटा उजुरी परेको समितिले जनाएको छ । यही असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रश्तावित राउत र नेपाली राजदुतका लागि प्रश्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो ।

ज्येष्ठ सदस्य राणाले भने , ‘समितिको २०८१ असोज ३ गतेको निर्णय अनुसार नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएको प्रकाशमान सिंह राउत एवं बेल्जियम र अस्ट्रोलियाका लागि नेपाली राजदुत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका क्रमशः सेवा लम्साल र चित्रलेखा यादवलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी वा सूचना दिन सूचना जारी गरिएकोमा उक्त मिति र समय भित्र प्रश्तावित प्रधानन्यायाधीशविरुद्ध ६ वटा र प्रश्तावित राजदुतविरुद्ध २ वटा उजुरी प्राप्त हुन आएको व्यहोरा बैठक समक्ष जानकारी गराउँदछु ।’

समितिले प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुतद्वय लम्साल र यादवविरुद्धको उजुरीमाथि छानविन गरी सुनुवाई कार्य गर्नुपर्नेछ । समितिको अर्को बैठक असोज १५ गते मंगलवार (भोलि) अपरान्ह २ बजेका लागि बोलाइएको छ ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?