Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

प्रश्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी


काठमाडौं। प्रश्तावित प्रधानन्यायाधीश प्र्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उहाँविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएका छन् ।

त्यसैगरी बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवविरुद्ध पनि १/१ वटा उजुरी परेको समितिले जनाएको छ । यही असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रश्तावित राउत र नेपाली राजदुतका लागि प्रश्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो ।

ज्येष्ठ सदस्य राणाले भने , ‘समितिको २०८१ असोज ३ गतेको निर्णय अनुसार नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएको प्रकाशमान सिंह राउत एवं बेल्जियम र अस्ट्रोलियाका लागि नेपाली राजदुत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका क्रमशः सेवा लम्साल र चित्रलेखा यादवलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी वा सूचना दिन सूचना जारी गरिएकोमा उक्त मिति र समय भित्र प्रश्तावित प्रधानन्यायाधीशविरुद्ध ६ वटा र प्रश्तावित राजदुतविरुद्ध २ वटा उजुरी प्राप्त हुन आएको व्यहोरा बैठक समक्ष जानकारी गराउँदछु ।’

समितिले प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुतद्वय लम्साल र यादवविरुद्धको उजुरीमाथि छानविन गरी सुनुवाई कार्य गर्नुपर्नेछ । समितिको अर्को बैठक असोज १५ गते मंगलवार (भोलि) अपरान्ह २ बजेका लागि बोलाइएको छ ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?