Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी


काठमाडौं। सरकारले मनसुनजन्य विपद्मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ ।

सोमवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले सो जानकारी दिएका छन् । केन्द्रिय सुरक्षा समितिको बैठकमा अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल भएको छ । आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको प्रवक्ता तिवारीले बताएका छन्।

उनकाअनुसार समितिले रोशी खोलामा (विपी राजमार्ग)मा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरुलाई आजसम्म धुलिखेल ल्याइसक्ने गरी काम भएको छ । उनले अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय समितिले गरेको बताए । उनले आवागमन सहज बनाउन आजदेखि पृथ्वी राजमार्गमा काठमाडौंतर्फबाट पनि यातायात पठाउने काम शुरु भइसकेको बताएका छन् ।

उनले अन्य राजमार्गहरु पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको जानकारी गराएका छन् । विपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आँकलन गरिएको बताएका छन् ।

उनले भने, ‘अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल गरेर त्यसको समीक्षा गरेका छौँ । अहिलेसम्म हवाई उद्धारबाट २५८ जनाको उद्धार गरिएको छ । आज हाम्रो मुलतः काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको छ । रोशी खोलामा (विपी राजमार्ग)मा अलपत्र परेका यात्रुहरु घाइते, बिरामीहरु हुनुहुन्थ्यो उहाँहरुको उद्धार आजसम्म सबै घाइते, बिरामी र अशक्तहरुलाई धुलिखेल ल्याइसक्ने गरी काम भइरहेको छ । अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय गरेको छ । आवागमन सहज बनाउन आजैबाट पृथ्वी राजमार्गमा मुल हाम्रो काठमाडौं उपत्यकाको मुल लाइफलाइन पृथ्वी राजमार्गमा काठमाडौंतर्फबाट पनि यातायात पठाउने काम शुरु भइसकेको छ । अन्य राजमार्गहरु पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको छ । विपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आँकलन गरेका छौँ । भकुण्डेबेसीदेखि नेपालथोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्नेगरी विभिन्न प्रयासहरु समन्वयात्मक रुपमा काम गरेर अवरुद्ध हटाउने । बनेपा सिन्धुली खण्डमा जुन यात्रुहरु घाइते र अलपत्र हुनुहुन्थ्यो त्यहाँ मेडिकल टिम पठाएर स्वास्थ्य परीक्षण भएको छ भने अलपत्र परेका व्यक्तिलाई खाद्यान्न पठाएर वितरण गरिएको छ ।’

उनले भकुण्डेबेसीदेखि नेपालथोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्नेगरी समन्वयात्मक रुपमा प्रयासहरु गरिरहेको बताउदै बनेपा—सिन्धुली खण्डमा यात्रा गर्नेहरु अलपत्र परेका, बिरामी र अशक्त यात्रुहरुको चिकित्सकको टोली पठाएर सडकमै स्वास्थ्य परीक्षण भइरहेको र खाद्यान्न पनि वितरण गरिएको बताएका छन् ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?