Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अस्ट्रेलियाको मुद्रास्फीति ३ वर्षयताकै न्युन


सिन्ह्वा। अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै न्युन स्तरमा झरेको छ । अष्ट्रेलियाको तथ्याङ्क ब्यूरो (एबीएस) द्वारा प्रकाशित आधिकारिक तथ्याङ्कले अष्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अगस्टको १२ महिनामा २.७ प्रतिशतले बढेको खुलासा गरेको छ ।

यसले जुलाईमा १२ महिनामा ३.५ प्रतिशतबाट घटेको र अगस्ट २०२१ पछिको सबैभन्दा कम वार्षिक सीपीआई वृद्धिलाई चिन्हित गरेको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले अगस्टको तथ्याङ्क अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको बताएको छ । अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंकले नोभेम्बर २०२३ देखि रहेको ४.३५ प्रतिशतमा आधिकारिक ब्याजदरलाई होल्डमा राखेको एक दिनपछि यो तथ्याङ्क जारी गरिएको हो ।

आरबीए बोर्डले आफ्नो मौद्रिक नीतिमा बैंकको लक्ष्य दायरामा २–३ प्रतिशतको मुद्रास्फीति फिर्ता गर्नु आफ्नो उच्च प्राथमिकता रहेको बताएको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?