Trending
>>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर >>   सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी >>   अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै काँग्रेस सांसद थानीको आपत्ति >>   थाइल्याण्ड–कम्बोडिया सीमा झडपमा ९ थाई नागरिकको मृत्यु >>   यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल >>   सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण >>   भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग >>   महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु) >>   महिलामन्त्री सुडीको वर्ष दिनः १३२ गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार, ६१ अर्ब ९७ करोडको…
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

सोमवारदेखि शुरु हुँदै एभरेस्ट महिला भलिबल लिग, खेलाडी र प्रशिक्षक उत्साहित


काठमाडौँ । नेपालमा पहिलोपल्ट हुन लागेको भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग सोमबार काठमाडौंमा शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा ६ वटा फ्रेन्चाइज टोलीले भलिबलको पहिलो व्यावसायिक लिगमा चुनौति प्रश्तुत गर्दैछन् । सोमवार पहिलो दिन तीन वटा खेल हुनेछन् । पहिलो खेलमा स्पाइकर उषा भण्डारीको काठमाडौं स्पाइकरले सलिना श्रेष्ठको ललितपुर क्विइन्स प्रतिष्पर्धा गर्नेछ । दोस्रो खेलमा मधेश युनाइटेडले कर्णाली एस्भिस र तेस्रो खेलमा चितवन शक्ति गण्डकी थन्डर्ससँग प्रतिष्पर्धा गर्ने भएका छन् । मधेसको कप्तान निरुता ठगुन्ना र कर्णालीको कप्तानीमा मिडल ब्लकर सुमित्रा रेग्मीले गर्दैछिन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले चितवन शक्तिको नेतृत्व गर्दैछिन् भने गण्डकीको कप्तानीमा सरस्वती चौधरी छिन् ।

प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । फ्रेन्चाइज टोलीले अमेरिका, युरोप र एशियाका उत्कृष्ट खेलाडीहरू अनुवन्धन गरिसकेका छन् । गण्डकी थन्डर्सकी कप्तान सरस्वती चौधरीले पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज लिगप्रति सबै खेलाडीले उत्साहित रहेको र यो लिगबाट नेपाली खेलाडीले धेरै कुरा सिक्न पाउने आशा व्यक्त गरेकी छिन् । उनले घरेलु खेलाडीका लागि यो लिग राम्रो अवसरका रूपमा लिएकी छिन् । विदेशी खेलाडी समयमा नहुँदा र प्रशिक्षण गर्ने मैदान अभाव भएकाले शुरुका खेलमा तालमेल अभाव हुने उनको बुझाइ छ ।

काठमाडौं स्पाइकरकी कप्तान उषा भण्डारीले यो स्तरको प्रतियोगिता पहिलोपल्ट खेल्न लागेको खुसी र उत्साहित रहेको बताएकी छिन् । यस किसिमका आयोजनाले गर्दा अन्य प्रतियोगिताको स्तरबाट बढाउन दबाब हुने उनको आशा छ । प्रतियोगितामा विदेशी र स्वदेशी खेलाडी पनि राम्रो रहेकाले उपाधि जित्ने लक्ष्य रहेको उषाले बताइन्। यद्यपि, मैदान अभाव र समयमा खेलाडी उपलब्ध नहुँदा टिमसँग काठमाडौं स्पाइकरले पनि प्रशिक्षण गर्न पाएको छैन ।

प्रतियोगिता अगाडि सम्मेलनमा अधिकांश फ्रेन्चाइज टोलीले यो आयोजनाले नेपालको महिला भलिबलको स्तर बढ्ने आशा राख्दै यसलाई अवसरको रूपमा लिएका प्रतिक्रिया दिएका छन् । काठमाडौं स्पाइकरका प्रशिक्षक जगदीश भट्टले यो फ्रेन्चाइज लिगपछि नेपाली खेलाडीको स्तरमा वृद्धि आउने आशा व्यक्त गरेका छन् । कर्णाली एस्भिसका प्रशिक्षक कुमार राईले समय अभावका कारण टिम सेटिङ आशा अनुरूप नभए पनि राम्रो प्रतिष्पर्धा गर्ने बताएका छन् ।

यसैगरी ,मधेस युनाइटेडका प्रशिक्षक भरत यादवले जित र हारभन्दा पनि यो प्रतियोगितालाई उत्कृष्ट रूपमा आयोजना गर्न सबै खेलाडी, प्रशिक्षक र सरोकारवाल निकायले सहयोग गर्ने बताएका छन् । प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की खेलाडीसहित कुल १२ स्वदेशी खेलाडी छन् । सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको लिगमा आफ्नो खेल कौशलता प्र्रश्तुत गर्नेछन् । प्रत्येक टोलीले एकआपसमा खेलेपछि लिगका शिर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?