Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

सोमवारदेखि शुरु हुँदै एभरेस्ट महिला भलिबल लिग, खेलाडी र प्रशिक्षक उत्साहित


काठमाडौँ । नेपालमा पहिलोपल्ट हुन लागेको भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग सोमबार काठमाडौंमा शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा ६ वटा फ्रेन्चाइज टोलीले भलिबलको पहिलो व्यावसायिक लिगमा चुनौति प्रश्तुत गर्दैछन् । सोमवार पहिलो दिन तीन वटा खेल हुनेछन् । पहिलो खेलमा स्पाइकर उषा भण्डारीको काठमाडौं स्पाइकरले सलिना श्रेष्ठको ललितपुर क्विइन्स प्रतिष्पर्धा गर्नेछ । दोस्रो खेलमा मधेश युनाइटेडले कर्णाली एस्भिस र तेस्रो खेलमा चितवन शक्ति गण्डकी थन्डर्ससँग प्रतिष्पर्धा गर्ने भएका छन् । मधेसको कप्तान निरुता ठगुन्ना र कर्णालीको कप्तानीमा मिडल ब्लकर सुमित्रा रेग्मीले गर्दैछिन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले चितवन शक्तिको नेतृत्व गर्दैछिन् भने गण्डकीको कप्तानीमा सरस्वती चौधरी छिन् ।

प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । फ्रेन्चाइज टोलीले अमेरिका, युरोप र एशियाका उत्कृष्ट खेलाडीहरू अनुवन्धन गरिसकेका छन् । गण्डकी थन्डर्सकी कप्तान सरस्वती चौधरीले पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज लिगप्रति सबै खेलाडीले उत्साहित रहेको र यो लिगबाट नेपाली खेलाडीले धेरै कुरा सिक्न पाउने आशा व्यक्त गरेकी छिन् । उनले घरेलु खेलाडीका लागि यो लिग राम्रो अवसरका रूपमा लिएकी छिन् । विदेशी खेलाडी समयमा नहुँदा र प्रशिक्षण गर्ने मैदान अभाव भएकाले शुरुका खेलमा तालमेल अभाव हुने उनको बुझाइ छ ।

काठमाडौं स्पाइकरकी कप्तान उषा भण्डारीले यो स्तरको प्रतियोगिता पहिलोपल्ट खेल्न लागेको खुसी र उत्साहित रहेको बताएकी छिन् । यस किसिमका आयोजनाले गर्दा अन्य प्रतियोगिताको स्तरबाट बढाउन दबाब हुने उनको आशा छ । प्रतियोगितामा विदेशी र स्वदेशी खेलाडी पनि राम्रो रहेकाले उपाधि जित्ने लक्ष्य रहेको उषाले बताइन्। यद्यपि, मैदान अभाव र समयमा खेलाडी उपलब्ध नहुँदा टिमसँग काठमाडौं स्पाइकरले पनि प्रशिक्षण गर्न पाएको छैन ।

प्रतियोगिता अगाडि सम्मेलनमा अधिकांश फ्रेन्चाइज टोलीले यो आयोजनाले नेपालको महिला भलिबलको स्तर बढ्ने आशा राख्दै यसलाई अवसरको रूपमा लिएका प्रतिक्रिया दिएका छन् । काठमाडौं स्पाइकरका प्रशिक्षक जगदीश भट्टले यो फ्रेन्चाइज लिगपछि नेपाली खेलाडीको स्तरमा वृद्धि आउने आशा व्यक्त गरेका छन् । कर्णाली एस्भिसका प्रशिक्षक कुमार राईले समय अभावका कारण टिम सेटिङ आशा अनुरूप नभए पनि राम्रो प्रतिष्पर्धा गर्ने बताएका छन् ।

यसैगरी ,मधेस युनाइटेडका प्रशिक्षक भरत यादवले जित र हारभन्दा पनि यो प्रतियोगितालाई उत्कृष्ट रूपमा आयोजना गर्न सबै खेलाडी, प्रशिक्षक र सरोकारवाल निकायले सहयोग गर्ने बताएका छन् । प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की खेलाडीसहित कुल १२ स्वदेशी खेलाडी छन् । सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको लिगमा आफ्नो खेल कौशलता प्र्रश्तुत गर्नेछन् । प्रत्येक टोलीले एकआपसमा खेलेपछि लिगका शिर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?