Trending
>>   मौसम : यी पाँच प्रदेशमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८२ साल जेठ ०४ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   एमालेबिरुद्ध आक्रमण जारी छः अध्यक्ष ओली >>   रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त >>   राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राई ‘निलम्बन’ परेको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा >>   १२ घण्टामा गाजामा इजरायली आक्रमणबाट एक सय बढी प्यालेस्टिनीहरूको मृत्यु >>   सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल >>   कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल >>   प्रचण्ड र माधव प्रति ओलीको कटाक्षः जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु >>   आज मिति २०८२ साल जेठ ०३ गते शनिबार,हेर्नूहोस् आजको राशिफल
Logo
५ जेष्ठ २०८२, आईतवार
५ जेष्ठ २०८२, आईतवार

बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति


काठमाडौँ । दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।

आईतवार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड,सिंचाईतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । मन्त्रालयले यो क्षति अनुमान मात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताएका छन् । उनले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड बराबरको क्षति भएको बताए । उनले सिंचाईतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गर्दै मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताएका छन् ।

ऊर्जामन्त्री खड्काले दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना गरी चार जना बेपत्ता भएको बताए । उनले निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत,ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिदै उनले मौसम विभागले गरेको पूर्वअनुमान गरी दिएको सूचनाको कारण क्षति कम भएको पनि बताएका छन् ।

उनले भने,‘दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना बेपत्ता भएका छन् । ऊर्जा मन्त्रालय अन्तर्गत भएको क्षतिको पनि विवरण आएको छ । बाढीको कारण ११ सय विद्युत अवरुद्ध भएको छ । पूर्णरुपमा क्षति भने होइन । निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत,ट्रान्समिसन लाइनलाई जोड्दा करिव साढे २ अर्ब ४५ करोड बराबरको क्षति भएको हो । यो अनुमान मात्रै हो । बढ्न पनि सक्छ । स्ािंचाई तर्फका आयोजनाहरुमा पनि १ अर्ब ३५ करोड भन्दा बढी क्षति भएको छ । मौसम विभागले गरेको पूर्वअनुमानले पनि कम क्षति भएको हो । लगातार वर्षाले क्षति हुने जानकारी गराउँदा गराउँदै पनि केही क्षति भएको छ । गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्बको थियो । जनधनको पनि ठूलो क्षति भएको थियो । सरकारले निर्माणाधिन आयोजनामा राती नबस्न र यातायात बन्द गर्ने जानकारी दिएकाले कम क्षति भएको छ ।’

उनले गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्ब रुपैयाँ र ठूलो जनधनको पनि क्षति भएको बताउदै मन्त्री खड्काले जलविद्युत आयोजनाहरु पूनःनिर्माणको कामलाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारले विभिन्न क्षेत्रमा नदी कटान,डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?