Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ


काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको बताएका छन् ।

आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समलिङ्गी विवाहलाई मान्यता प्रदान गर्नु समाजलाई सिध्याउने प्रक्रिया शुरु भएको बताउदै  नेपालको संविधानले समलिङ्गी विवाहको परिकल्पना नगरेपनि सर्वोच्च अदालतको न्यायाधीशहरुले कतैबाट प्रभावित भएर सरकारलाई आदेश दिएको बताएका छन् । उनले यस्तो प्रयासलाई सामाजिक विखण्डनको प्रयासको रुपमा अथ्र्याउदै नेपाललाई एसियामै समलिङ्गीहरुको अखडा बनाउन लागिएको भन्दै यसो भएमा आगामी ५० वर्षमा नेपालको अस्मिता समाप्त हुने बताएका छन् ।

उनले भने, ‘पछिल्लो समयमा पश्चिमा थिङ्कट्याङ्कहरुले के अभियान चलाइराखेको छ भने, समाजमा सामाजिक विकासको क्रममा पुरुष र महिला त स्वभाविक रुपमा हुन्छ । जैविक विज्ञानमा अपवादको रुपमा तेस्रोलिङ्गी पनि जन्मिन सक्छ । अल्पसंख्यक तेस्रोलिङ्गीको हक, अधिकार हुनुपर्छ भन्ने क्रममा त्यसमा टेकेर समलिङ्गीको शुरु गर्न थालियो । समलिङ्गी भनेको त पुरुष–पुरुष, महिला–महिलाको कुरा हो नि । समलिङ्गी अभियान सुरु गर्न थालेपछि समाजलाई सिध्याउने प्रक्रिया सुरु हुने भयो नि त । तेस्रो विश्वका मुलुकहरु जो राष्ट्रिय स्वाधिनता, आफ्नो गौरव, इतिहास, सभ्यता, मुल्यमान्यतालाई ध्वंस गर्ने प्रक्रिया सुरु हुने भयो । पुरुष–पुरुषको विवाह गर्न पाउनुपर्छ । महिला–महिलाको विवाह गर्न पाउनुपर्छ भनेपछि जन्म सन्तान सिद्धिने प्रक्रिया सुरु हुने भयो नि । यसरी आक्रमण भइराखेको छ । नेपालको संविधानले समलिङ्गी विवाहको परिकल्पना गरेको छैन । तर सर्वोच्च अदालतले कहाँ–कहाँबाट प्रभावित भएर समलिङ्गी विवाह गर्न पाउने भनेर निर्णय गरेको छ एउटा बेञ्चले । जिल्ला अदालतले, उच्च अदालतले कानुन छैन भनेर अस्वीकार गरेको छ । यो त अप्राकृतिक कुरा हो । अप्राकृतिक कुरा कसरी न्यायालयबाट सम्भव हुन सक्छ भनेर अस्वीकार गरेको छ । संसारभरका १७५ मुलुकले अस्वीकार गरेको छ । यस्तो अप्राकृतिक कुरा कहीँ सम्भव हुन्छ ? तर एशियामा एउटा मात्रै मुलुक नेपालले समलिङ्गी विवाह गर्न पाउनुपर्छ भनेर निर्णय गरेको छ । राष्ट्रघात कहाँबाट शुरु भएको छ हेर्नुस् त । जनघात कहाँबाट शुरु भएको छ, सामाजिक विखण्डन, विभाजन र सिध्याउने प्रक्रिया कहाँबाट शुरु भएको छ हेर्नुस् त । सरकारमा भएका कतिपय नीति, निर्मातालाई पनि प्रभावित पार्दै गएछन् र समलिङ्गी पुरुषको विकास गर्नुपर्छ भनेर पर्यटन मन्त्रालय अन्तर्गत समलिङ्गी पुरुषको अभियान सुरु गर्ने रे । समलिङ्गी पुरुषको प्रोत्साहन गर्नुपर्छ भनेर अछामको रामारोशनमा गएर पोहोर साल ठुलो मेला गरे । सामाजिक अतिक्रमण, साम्राज्यवादको अतिक्रमण कहाँबाट कति हुँदोरहेछ भन्ने एउटा ज्वलन्त उदाहरण हो । समलिङ्गी विवाह गर्न अदालतले छुट दिएको छ । सरकारको नाममा आदेश दिएको छ । अनि विवाह गर्नलाई छुट दिने भइसकेपछि एसियामा नेपाल समलिङ्गीहरुको अखडा बन्दैन भनेर कसरी भन्न सकिन्छ ? त्यसो भयो भने अब नेपालको अस्मिता अर्को ५० वर्षमा समाप्त हुन्छ । नेपालको राष्ट्रिय अस्मितालाई, राष्ट्रिय स्वाधिनतालाई नजानिदो ढंगले सांस्कृतिक अतिक्रमणबाट सिध्याउने प्रक्रिया शुरु भएको छ ।’

महासचिव गुरुङले सामन्तवाद र पितृसत्ताको उपजको कारण महिलाहरुमाथिको लैङ्गीक विभेद पनि कायमै रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?