Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

साना तथा मझौला व्यवसायी महासंघको नेतृत्वमा इनु पौडेल निर्वाचित


काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा इनु पौडेल निर्वाचित भएकी छिन् ।

भक्तपुरमा आयोजित महासंघको विशेष साधारण सभाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा पौडेल निर्वाचित भएसँगै १९ बर्षको इतिहास बोकेको महांसंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । निर्वाचित भएपछि अध्यक्ष पौडेलले साना तथा मझौला व्यवसायीका समस्या सम्बोधन गर्दै सहज औद्योगिक वातावरण निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाएकी छिन्।

उनले कोभिडपछि विश्वभर देखापरेको आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु पनि परेको तथा कच्चा पदार्थको सहज आपूर्तिमा समस्याको साथै उत्पादित सामाग्रीको बजारीकरणमा पनि समस्या देखिएकाले यसतर्फ आफू सचेत अनि गम्भीर रहेको बताएकी छिन् । महासंघको महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रविन्द्र थापा(रविन) निर्वाचित भएका छन् । त्यसैगरी सहअध्यक्षमा रामकेशर बिष्ट, वरिष्ठ उपाध्यक्षमा गणेश सिंह विष्ट, प्रथम उपाध्यक्षमा परमेश्वरी विष्ट, द्वितीय उपाध्यक्षमा शान्तकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कुलबहादुर काफ्ले, चतुर्थ उपाध्यक्षमा अमूलमान श्रेष्ठ तथा वस्तुगत, एशोसिएट र प्रदेश समेत गरी २७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

विशेष अधिवेशनमा निःवर्तमान अध्यक्ष हरिभक्त पराजुलीमाथि परेको आविश्वासको प्रश्ताव बहुमतले परित भएको थियो । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले विशेष साधारणसभाको उद्घाटन गर्दै साना तथा मझौला व्यवसायको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?