Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

साना तथा मझौला व्यवसायी महासंघको नेतृत्वमा इनु पौडेल निर्वाचित


काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा इनु पौडेल निर्वाचित भएकी छिन् ।

भक्तपुरमा आयोजित महासंघको विशेष साधारण सभाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा पौडेल निर्वाचित भएसँगै १९ बर्षको इतिहास बोकेको महांसंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । निर्वाचित भएपछि अध्यक्ष पौडेलले साना तथा मझौला व्यवसायीका समस्या सम्बोधन गर्दै सहज औद्योगिक वातावरण निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाएकी छिन्।

उनले कोभिडपछि विश्वभर देखापरेको आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु पनि परेको तथा कच्चा पदार्थको सहज आपूर्तिमा समस्याको साथै उत्पादित सामाग्रीको बजारीकरणमा पनि समस्या देखिएकाले यसतर्फ आफू सचेत अनि गम्भीर रहेको बताएकी छिन् । महासंघको महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रविन्द्र थापा(रविन) निर्वाचित भएका छन् । त्यसैगरी सहअध्यक्षमा रामकेशर बिष्ट, वरिष्ठ उपाध्यक्षमा गणेश सिंह विष्ट, प्रथम उपाध्यक्षमा परमेश्वरी विष्ट, द्वितीय उपाध्यक्षमा शान्तकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कुलबहादुर काफ्ले, चतुर्थ उपाध्यक्षमा अमूलमान श्रेष्ठ तथा वस्तुगत, एशोसिएट र प्रदेश समेत गरी २७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

विशेष अधिवेशनमा निःवर्तमान अध्यक्ष हरिभक्त पराजुलीमाथि परेको आविश्वासको प्रश्ताव बहुमतले परित भएको थियो । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले विशेष साधारणसभाको उद्घाटन गर्दै साना तथा मझौला व्यवसायको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?