काठमाडौं । देशैभर निरन्तर पानी परिरहेकोले मुग्लिन-नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी चलाउन रोक लगाइएको छ।
विपद् प्राधिकरणको निर्देशनअनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म र यसैगरी, भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार