Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाएँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पु¥याउन सरकारको ध्यानाकर्षण गराएको हो । चाडपर्वहरुमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ । नेकपा एमालेको तर्फबाट केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुबारे घच्घच्याएकोमा खुशी प्रकट गरेका छन् । उनले सरकारको तर्फबाट नागरिकलाई सेवा पु¥याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताएका छन् ।

उनले भने, ‘नेपाल सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुलाई सम्झाउन र घच्घच्याउनका लागि तपाईंहरुले पत्र दिनुभएको छ । यो प्रोसेसमा सरकारको तर्फबाट प्रक्रिया अघि बढाउने काम हामी गर्नेछौँ । यात्रामा सहज होस्, बाटोघाटो सहज होस् भन्नुभएको छ । हाम्रो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यु खाल्डो पुर्ने भनेर लागिरहनुभएको छ । स्पेशल बस सर्भिसको लागि यातायाता व्यवसायीहरुसँग कुरा गरेर काम भइरहेको छ । बजारमा गुणस्तरयुक्त सामग्री र खाद्यान्नमा निरीक्षण र अनुगमन गर्ने कुरामा हामी लागेका छौँ ।’

ज्ञापनत्र बुझाउने क्रममा नेकपा एमालेका नेता एवं केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले नेपाली जनताका महान पर्वहरु विजया दशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरु धमाधम आइरहेको भन्दै जनताले धुमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दशैँ र तिहारमा संघीय राजधानी काठमाडौंबाट र देशका मुख्य शहरहरुबाट अत्याधिक रुपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गरेका छन् । यातायातको साधन अभाव हुन नदिन वैकल्पिक उपायको समेत बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउदै सुरक्षा प्रवन्धको निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गर्न पनि माग गरेका छन् ।

एमालेले चाडवाड मनाउन गाउँ फर्किनेहरुका लागि यातायातको सहज व्यवस्थापन गर्न, सडकका होटलहरुमा पाइने खाना खाजाहरु स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरुमा हुनसक्ने कालोबजारी र महंगी आदिको नियन्त्रण गर्न तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरु देशभर जनपहुँचका ठाउँहरुमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।


प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?