Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सुस्तामा विद्युत पुग्नुले समग्र विकासको ढोका खोलेको छः सांसद विनोद चौधरी


काठमाडौं ।नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम पहाडी क्षेत्रका लागि दिनुपर्ने बताएका छन्  ।

जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम तराईका क्षेत्रहरुका लागि नभइ पहाडी क्षेत्रका लागि विनियोजन भएको भन्दै पहाडलाई दिनुपर्ने बताएका छन्  । सरकारले सो रकम तराईमा ५० हजारदेखि दुई लाखसम्म दिने गरेको उल्लेख गर्दै सांसद चौधरीले सुस्तामा बिजुली बत्ती पुग्नुले समग्र विकासको ढोका खुलेको बताए  । सुस्तामा झोलुङ्गे पुल प्रयोग गरी विद्युतीय लाइन समेत लगिएको छ । उहाँले नेपालसँग भौतिक रुपले जोड्ने मात्रै नभइ आर्थिक रुपले जोड्ने ढोका खोलेको बताएका छन् ।
उनले भने, ‘हरेक वर्ष जनता आवास र जनता सुरक्षा आवासका नाममा तराईका क्षेत्रहरुमा गरिने विनिमय बजेटहरु ५० हजार, दुई लाख दिनेकुरा पहाडका लागि तर्जुमा गरिएको योजना हो । हरेक वर्ष त्यो ल्याप्स हुने गर्दछ ।’

सांसद चौधरीले सुरजपुरा जलविद्युत आयोजना १५ मेगावाट क्षमताको भएपनि साढे ३ मेगावाट भन्दा बढी क्षमतामा नचलेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?