Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

एन्फा महिला लिगमा सुपर लिग पुग्ने टोलीको टुङ्गो


काठमाडौं । तीन खेल बाँकी छँदा नै जारी एन्फा महिला फुटबल लिगको यस संस्करणमा सुपर लिगमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको छ ।

कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आ–आफ्नो खेलमा जित निकाल्दै दोस्रो चरण (सुपर लिग) को यात्रा तय गरे । यससँगै जारी एन्फा लिगमा दोस्रो चरणमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको हो । १० टोली सहभागी सिंगल राउण्ड रोबिन लिग पूरा हुँदा अंकतालिकाको शिर्ष पाँच टोलीले सुपर लिगको यात्रा तय गरेका हुन् । बिहीवार कोशीले सुदूरपश्चिम प्रदेशमाथि ४–० र वालिङले चन्द्रपुर नगरपालिकामाथि २–१ को जित निकालेको थियो । यससँगै लिगमा तीन खेल बाँकी छँदै सुपर लिगमा पुग्ने टोली टुङ्गो लागेको हो ।

जितसँगै कोशी ९ खेलबाट १४ अंक जोड्दै पाँचौं स्थान सुरक्षित गर्यो । सुदूरपश्चिम भने जितविहीन बन्दै लिगको पुछारमा रहेर यस संस्करणको यात्रा टुङ्गाएको छ । सुदूरपश्चिमले ६९ गोल व्यहोर्दा ३ गोल मात्रै गर्न सफल भयो । कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिकाले दोस्रो चरण (सुपर लिग) को यात्रा तय गरे । बिहीवार एन्फा कम्प्लेक्समा कोशीलाई जित दिलाउन समीक्षा मगरले दुई तथा ममता राउत र खुस्मा राईले समान एक गोल गरे । समीक्षा प्लेअयर अफ दी म्याच पनि भइन् ।

खेलको २४ औं मिनेटमा ममताको गोलमार्फत कोशीले अग्रता लिएको थियो । उनले समीक्षाको पासमा वान टच गोल गरेकी हुन् । यससँगै पहिलो हाफमा कोसी १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि कोसीले दुई गोल थप्यो । समीक्षाले ५३औं मिनेटमा कोशीको अग्रता दोब्बर बनाइन् । सुनिता सरकारको क्रसलाई समीक्षले सहजै जाली चुमाइन् । समीक्षाले ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गदै कोशीलाई ३–० ले अगाडि बढाइन् । उनले पूर्णिमा राईको पासमा गोल गरेकी हुन् । निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा खुस्माले गोल गर्दै कोशीलाई ४–० को सहज जित दिलाइन् ।

उनले बक्स बाहिरबाटै गरेको प्रहारले जाली चुमेको हो । यसअघि बिहीवार नै भएको पहिलो खेलमा वालिङले चन्द्रपुर नगरपालिकामाथि रोमाञ्चक जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा स्थानमा बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङले चन्द्रपुरमाथि २–१ को जित निकाल्दै सुपर लिगमा स्थान बनाएको हो । लिगको अन्तिम तथा नवौं खेलमा जितसँगै वालिङ १५ अंकका साथ चौथो स्थानमा छ । वालिङको जारी लिगमा यो पाँचौं जित हो ।

जितसँगै शिर्ष पाँच स्थान पक्का गर्दै वालिङले सुपर लिगको यात्रा सुरक्षित गर्यो  । वालिङको जितमा सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरे । लिगमा ९ खेल नै खेलेको चन्द्रपुर ८ अंकसहित आठौं स्थानमा यथावत छ । एक जित र पाँच बराबरी सामना गरेको चन्द्रपुरले लिगमा आठौं स्थानमै रहेर यस संस्करणको यात्रा टुङ्गाएको छ । चन्द्रपुरका लागि सुनिता सुनारले गोल गरिन् । वालिङले खेलको पाँचौं मिनेटमा सुक्रिया मियाको गोलबाट अग्रता लिएको थियो । सिसी एनटोङ्गोको कर्नर प्रहार चन्द्रपुरकी गोलकिपर उषा थापाले नियन्त्रणमा लिन नसक्दा सुक्रियाले बललाई जाली चुमाइन् ।

ज्याकलिनले ३७ औं मिनेटमा वालिङको अग्रता दोब्बर बनाइन् । सुष्मा तामाङको उत्कृष्ट क्रस बललाई बक्सभित्रबाट ज्याकलिनले वान टचमै गोल गरेकी हुन् । त्यससँगै पहिलो हाफमा वालिङले २–० को अग्रता लियो । दोस्रो हाफको शुरुमा चन्द्रपुरले गोल फर्काउँदै खेलमा फर्कने संकेत ग¥यो । सुनिताले ५०औं मिनेटमा गोल गर्दै चन्द्रपुरलाई आशा दिलाइन् । सजनी थोकरले मध्य भागबाट पेनाल्टी बक्समा उपलब्ध गराएको बललाई अनमार्क सुनिताले गोल गरेकी हुन् । त्यसपछि केही आक्रमण सिर्जना भएपनि गोल निस्किएन र वालिङले महत्वपूर्ण जित निकाल्यो ।


प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?