Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

देशको आर्थिक अवस्था सबल भएसँगै सुस्तामा मोटर पुल बनाइदिने राष्ट्रपतिको प्रतिवद्धता


राष्ट्रपति रामचन्द्र पौडेलले सशक्त राज्य निर्माण भएमात्रै नागरिकले दुःख व्यहोर्नु नपर्ने बताएका छन् ।

भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन गर्दै बिहीवार रास्ट्रपति पौडेलले राज्य जति बलियो, सशक्त र सम्पन्न हुँदै जान्छ त्यति नै दुःखका दिनहरु हट्दै जाने बताउदै उनले सुस्ताबाट औद्योगिक क्रान्ति गर्न सकिने भन्दै उद्योगहरु खोल्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले आर्थिक रुपले नेपाललाई धनी बनाउने काम सुस्ताबाट शुरु हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले भने, ‘तपाईंहरुले उद्योग खोल्नुस्, आर्थिक रुपले नेपाललाई धनी बनाउने काम यो ठाउँबाट गर्नुस् । यो झोलुंगे पुल मात्रै होइन । अहिले हामी अलि गरिब नै छौँ । अलि हाम्रो आर्थिक हैसियत राम्रो भएपछि मोटर पुल बनाइदिन्छौँ । केही वर्ष पर्खनै पर्छ । तर तपाईंहरु चिन्ता नगर्नु होला । यो राज्य जति बलियो हुँदै जान्छ, नेपाल जति सशक्त हुँदै जान्छ, सम्पन्न, समृद्ध हुँदै जान्छ । त्यति त्यति हाम्रा दुःखका दिनहरु हट्दै जान्छन् ।’

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशको आर्थिक स्थिति कमजोर रहेको भन्दै आर्थिक स्थिति सबल भएसँगै मोटर पुल बनाइदिने सुस्तावासीसँग प्रतिवद्धता जनााएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?