Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

देशको आर्थिक अवस्था सबल भएसँगै सुस्तामा मोटर पुल बनाइदिने राष्ट्रपतिको प्रतिवद्धता


राष्ट्रपति रामचन्द्र पौडेलले सशक्त राज्य निर्माण भएमात्रै नागरिकले दुःख व्यहोर्नु नपर्ने बताएका छन् ।

भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन गर्दै बिहीवार रास्ट्रपति पौडेलले राज्य जति बलियो, सशक्त र सम्पन्न हुँदै जान्छ त्यति नै दुःखका दिनहरु हट्दै जाने बताउदै उनले सुस्ताबाट औद्योगिक क्रान्ति गर्न सकिने भन्दै उद्योगहरु खोल्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले आर्थिक रुपले नेपाललाई धनी बनाउने काम सुस्ताबाट शुरु हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले भने, ‘तपाईंहरुले उद्योग खोल्नुस्, आर्थिक रुपले नेपाललाई धनी बनाउने काम यो ठाउँबाट गर्नुस् । यो झोलुंगे पुल मात्रै होइन । अहिले हामी अलि गरिब नै छौँ । अलि हाम्रो आर्थिक हैसियत राम्रो भएपछि मोटर पुल बनाइदिन्छौँ । केही वर्ष पर्खनै पर्छ । तर तपाईंहरु चिन्ता नगर्नु होला । यो राज्य जति बलियो हुँदै जान्छ, नेपाल जति सशक्त हुँदै जान्छ, सम्पन्न, समृद्ध हुँदै जान्छ । त्यति त्यति हाम्रा दुःखका दिनहरु हट्दै जान्छन् ।’

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशको आर्थिक स्थिति कमजोर रहेको भन्दै आर्थिक स्थिति सबल भएसँगै मोटर पुल बनाइदिने सुस्तावासीसँग प्रतिवद्धता जनााएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?