Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेपाल भुराजनीतिको इपिसेन्टर बन्ने अवस्था आयो : अध्यक्ष दाहाल


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित अखिल(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढ्दै गएको बताए। उनले संसारभरको वर्तमान राजनीतिक परिस्थिति हेर्दा नेपाल भुराजनीतिको इपिसेन्टर बन्ने अवस्था रहेको बताउदै उनले नेपालको राष्ट्रिय स्वाधिनतामाथि दबाब र हस्तक्षेपहरु बढ्दै गएको र प्रतिक्रियावादी शक्तिहरु लोकतन्त्र र संविधानको मूल्य, मान्यतामाथि प्रहार गर्ने गरी अगाडी बढिरहेका उनको भनाई छ ।

अध्यक्ष दाहालले राष्ट्रिय स्वाधिनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्नसक्ने भन्दै यि शक्तिलाई बलियो बनाउनुपर्नेमा जोड दिदै उनले भ्रष्टाचारको विरुद्ध महाअभियान छेडेकै कारण आफू नेतृत्वको सरकार ढलेको बताएका छन् । उनले आन्दोलनको बलमा केही महिनाभित्रैमा परिस्थिति उल्ट्याउन सकिने विश्वास पनि व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले भने, ‘नेपाल अहिले चलिराखेको भुराजनीतिको इपिसेन्टर हुने हो कि, त्यसको केन्द्रबिन्दु हुने हो कि ? विशाल भारत र चीनको बिचमा हुनुको नाताले र चीनसँगको प्रतिस्पर्धामा पश्चिमी राष्ट्रहरुको बढ्दो प्रतिष्पर्धाका कारणले र दुनियाँभरी चलेका राजनीतिक घटनाक्रमका कारणले स्थिति सामान्य छैन । नेपालको राष्ट्रिय स्वाधिनतामाथि जसरी दबाब र हस्तक्षेपहरु बढ्दै गएका छन् । जसरी प्रतिक्रियावादी शक्तिहरु कुनै न कुनै रुपले लोकतन्त्रका मान्यताहरु, संविधानका मुल्य र मान्यतामाथि प्रहार गर्ने ढंगले अगाडी बढ्दैछन् । त्यसमा विदेशी शक्तिकेन्द्रहरुको पनि चलखेल बढ्दैछ । यस्तो परिस्थितिमा हाम्रो राष्ट्रिय स्वाधिनतामाथि गम्भीर चुनौती खडा भएको छ । यो परिस्थितिमा देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्ने, विदेशी चलखेलका विरुद्ध राष्ट्रिय शक्ति निर्माण गर्न सक्ने भनेको वामपन्थी शक्तिले नै हो । कम्युनिस्ट शक्तिले नै हो । माओवादी केन्द्रले नै हो । जबसम्म यसलाई बलियो बनाइँदैन । हामी राष्ट्रको रक्षा गर्न पनि सकिँदैन । मेरो नेतृत्वको सरकारले रेकर्ड बनाएकै हो । भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो । भ्रष्टहरुलाई कारबाहीको दायरामा ल्याएकै हो । नेपालको इतिहासमा यति हाइप्रोफाइल नेताहरु र कर्मचारीलाई एकै साथ कारबाहीको घेरामा आएको कहिल्यै थिएन हामीले गरेकै हो । भुमाफियाका विरुद्ध पनि अभियान छेडेकै हो । यही लडाइको कारण दलालहरु, नोकरशाहहरु र विचौलियाहरुले तथाकथित संख्याको बलमा हामीलाई सरकारबाट बाहिरिन बाध्य पारेकै हुन् । म तपाईहरुलाई अपील गर्न चाहान्छु तपाईहरुको साथ भयो भने केही महिना भित्रमै परिस्थिति उल्ट्याइदिन सकिन्छ । जनताको जित सुनिश्चित गर्न सकिन्छ ।’

अध्यक्ष दाहालले वामपन्थी एकताको सन्दर्भमा छिट्टै नै नयाँ खबर सुन्न पाइने बताएका छन् । उनले सके सहमतीमा र नसके प्रक्रियामा गएर नेतृत्व चयन गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन्।


प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?