Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव छैनः उर्जामन्त्री खड्का


काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताएका छन्  ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग साझेदारी गरेर नै सरकार अघि बढिरहेको बताउदै उनले सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य  हातेमालो गर्न चाहेको बताएका छन् । उनले निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिको सामना गर्न सरकार लागिपरेको दाबी गरे । उनले कसैलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने भन्दै अहिले काम गर्ने बेला भएको र  सरकारले आन्तरिक वा वाह्य लगानीको सुरक्षा  लिने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व भएको बताएका छन्  ।

मन्त्री खड्काले छिमेकी देशले गरेको सहयोगको प्रशंसा गर्न सक्नुपर्ने बताउदै राजनीतिक र आर्थिक हिसावमा ठूलो क्रान्ति गरिरहेका मुलुकहरुको फाइदा लिन सक्नुपर्ने बताए । अहिले अल्मलिने बेला नभएको र सबैकुराको समस्या समाधान गर्नेगरी सरकार अघि बढिरहेको जिकिर गर्दै  मन्त्री खड्काले एकले अर्कालाई दोषारोपण गर्नेकुरामा अल्झिनु नहुने बताएका छन्  ।


प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?