Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जनताका कुरा सुनेर मात्र काम गर्छु: मन्त्री काफ्ले


काठमाडौं। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह उत्पादन क्षमता बढाउने र स्थानीय तह उत्पादनसँग जाेडिने गरी काम गर्नुपर्ने बताएका छन्।

आर्थिक मामिला तथा याेजना मन्त्रालय बागमती प्रदेशकाे आयाेजनामा भएकाे राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धि रामेछाप भएकाे स्थानिय तहसँगकाे अन्तरक्रिया कार्यक्रममा मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताएका हुन्।

उनले उत्पादनकाे क्षेत्रमा काम नभएसम्म राेजगारी सिर्जना हुने बताएका छन्। उनले आफू २४ घण्टै जनताको सम्पर्क रहने र अहिले जनतासँग सल्लाह गर्न आएकाे पनि बताएका छन् ।उनले भने, “वीपी भनेझैँ काम गर्न अलमल हुँदा जनताका समस्याहरु समाधान हुन सकेका छैनन्।”

सबै तहमा फिल्ड स्टडी नगरी काम गर्ने प्रवृत्तिका कारण समाजमा दुरगामि असर परिरहेको बताएका छन्। उनले भने, “प्रदेशकाे ठुलाे याेजनाहरुकाे अध्ययन बिना बजेट हाल्दिनँ । विज्ञ टाेलीकाे अध्ययनका आधारमा मात्र काम गर्ने रविकास निर्माणकाे लागि जनताकाे कुरा सुनेर अघि बढ्छु।”


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?