Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एन्फा महिला फुटबल लिगः जितसँगै दोस्रो स्थानमा पुलिसको दाबेदारी


काठमाडौं ।  सम्झना लावती चम्किएपछि नेपाल पुलिस क्लवले जारी एन्फा महिला फुटबल लिगमा बुधवार आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्दै पुलिसले जारी लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । आठौं खेलमा पाँच जित र तीन बराबरीको नतिजा सामना गर्दै पुलिस अपराजित छ । बुधवार पुलिसको जितमा सम्झना लावती चम्किइन् । उनी प्लेयर अफ दी म्याचसमेत घोषित भइन् । यो जितपछि पुलिस आठ खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ । पुलिस शिर्ष स्थानको एपिएफसँग चार अंकले र दोस्रो स्थानको त्रिभुवन आर्मीसँग एक अंकले मात्र पछाडि छ ।

यी तीनैले अब लिगमा समान एक खेल खेल्न बाँकी छ । अन्तिम चरणमा एपिएफले वागमती, आर्मीले कर्णाली र पुलिसले संकटासँग खेल्नेछन् । यी नतिजाले मात्र शिर्ष तीन स्थानको टोलीको टुङ्गो लाग्नेछ । तीन विभागीय टोली नै शिर्ष तीन स्थानमा रहेर सुपर लिगमा पुग्ने पक्का भइसकेको छ । यता बुधवार पुलिससँग पराजित भएपछि कर्णाली जारी लिगमा पुछारमा दोस्रो स्थानमै सीमित हुने पक्का भइसकेको छ । समान ८ खेलबाट चार अंकका साथ पुलिस नवौं स्थानमा छ । जुन आठौं स्थानको चन्द्रपुर नगरपालिकाभन्दा चार अंकले पछि हो ।

पुलिसको पाँचौं जितमा निर्मला उपाध्याय, मनीषा राउत र सम्झना लावतीले गोल गरिन् । कर्णालीले लामो समयसम्म पुलिसलाई रोकेको थियो । तर पहिलो हाफ सकिन लाग्दा गोल सामना ग¥यो । खेलको ४४ औं मिनेटमा निर्मलाको गोलमार्पmत पुलिसले अग्रता लिएको थियो । कप्तान घिमकुमारीको कर्नर प्रहार बललार्ई समीक्षा घिमिरले दिएको हेडर पासमा निर्मलाले वान टच गोल गरेकी हुन् । त्यो गोलसँगै पहिलो हाफमा पुलिस १–० ले अगाडि रह्यो । दोस्रो हाफ पनि पुलिसले दुई गोल थप्यो । ५५ औं मिनेटमा मनीषाले पुलिसको अग्रता दोब्बर पार्दै कर्णालीमाथि दबाब बनाइन् ।

कर्णालीले कप्तान तथा गोलकिपर लिला जोशीको गल्तीमा दोस्रो गोल बेहोरेको हो । करिव २२ यार्ड टाढाबाट पुलिसकी कप्तान घिमकुमारीले प्रहार गरेको फ्रिकिक बललाई गोलकिपर लिलाले समाते पनि हातबाट फुत्काइन् । सोही बललाई मनिषाले गोल गरेकी हुन् । निर्धारित समय सकिन ८ मिनेट बाँकी छँदा पुलिसले तेस्रो गोल गर्दैै सहज जित पक्का ग¥यो । यसपल्ट पनि पुलिसले फ्रि प्रहारबाट गोल गरेको हो । मनिषा राउतले करिब २४ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार बारमाथि लागेर फर्कियो । लगत्तै सोही बललाई वान टचमार्पmत सम्झनाले गोल गोल गरेकी हुन् ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?