Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एन्फा महिला फुटबल लिगः जितसँगै दोस्रो स्थानमा पुलिसको दाबेदारी


काठमाडौं ।  सम्झना लावती चम्किएपछि नेपाल पुलिस क्लवले जारी एन्फा महिला फुटबल लिगमा बुधवार आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्दै पुलिसले जारी लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । आठौं खेलमा पाँच जित र तीन बराबरीको नतिजा सामना गर्दै पुलिस अपराजित छ । बुधवार पुलिसको जितमा सम्झना लावती चम्किइन् । उनी प्लेयर अफ दी म्याचसमेत घोषित भइन् । यो जितपछि पुलिस आठ खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ । पुलिस शिर्ष स्थानको एपिएफसँग चार अंकले र दोस्रो स्थानको त्रिभुवन आर्मीसँग एक अंकले मात्र पछाडि छ ।

यी तीनैले अब लिगमा समान एक खेल खेल्न बाँकी छ । अन्तिम चरणमा एपिएफले वागमती, आर्मीले कर्णाली र पुलिसले संकटासँग खेल्नेछन् । यी नतिजाले मात्र शिर्ष तीन स्थानको टोलीको टुङ्गो लाग्नेछ । तीन विभागीय टोली नै शिर्ष तीन स्थानमा रहेर सुपर लिगमा पुग्ने पक्का भइसकेको छ । यता बुधवार पुलिससँग पराजित भएपछि कर्णाली जारी लिगमा पुछारमा दोस्रो स्थानमै सीमित हुने पक्का भइसकेको छ । समान ८ खेलबाट चार अंकका साथ पुलिस नवौं स्थानमा छ । जुन आठौं स्थानको चन्द्रपुर नगरपालिकाभन्दा चार अंकले पछि हो ।

पुलिसको पाँचौं जितमा निर्मला उपाध्याय, मनीषा राउत र सम्झना लावतीले गोल गरिन् । कर्णालीले लामो समयसम्म पुलिसलाई रोकेको थियो । तर पहिलो हाफ सकिन लाग्दा गोल सामना ग¥यो । खेलको ४४ औं मिनेटमा निर्मलाको गोलमार्पmत पुलिसले अग्रता लिएको थियो । कप्तान घिमकुमारीको कर्नर प्रहार बललार्ई समीक्षा घिमिरले दिएको हेडर पासमा निर्मलाले वान टच गोल गरेकी हुन् । त्यो गोलसँगै पहिलो हाफमा पुलिस १–० ले अगाडि रह्यो । दोस्रो हाफ पनि पुलिसले दुई गोल थप्यो । ५५ औं मिनेटमा मनीषाले पुलिसको अग्रता दोब्बर पार्दै कर्णालीमाथि दबाब बनाइन् ।

कर्णालीले कप्तान तथा गोलकिपर लिला जोशीको गल्तीमा दोस्रो गोल बेहोरेको हो । करिव २२ यार्ड टाढाबाट पुलिसकी कप्तान घिमकुमारीले प्रहार गरेको फ्रिकिक बललाई गोलकिपर लिलाले समाते पनि हातबाट फुत्काइन् । सोही बललाई मनिषाले गोल गरेकी हुन् । निर्धारित समय सकिन ८ मिनेट बाँकी छँदा पुलिसले तेस्रो गोल गर्दैै सहज जित पक्का ग¥यो । यसपल्ट पनि पुलिसले फ्रि प्रहारबाट गोल गरेको हो । मनिषा राउतले करिब २४ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार बारमाथि लागेर फर्कियो । लगत्तै सोही बललाई वान टचमार्पmत सम्झनाले गोल गोल गरेकी हुन् ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?