Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित


काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता नेपाल पुलिस क्लवका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ ।

नक्शालमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै शिखर इन्स्योरेन्स कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाईसहित सम्मान गरेको थियो । प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । विधागततर्पm उत्कृष्ट खेलाडीलाई थप ५० हजार रुपैयाँबाट पनि पुरस्कृत गरिएको थियो ।  च्याम्पियनसिपमा नेपाल पुलिस क्लवकी उषा भण्डारी मेस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउट साइट हिटर घोषित भएकी थिइन् । त्यसबापत उनलाई दुई विधामा उत्कृष्ट पुरस्कार थप गर्दै कुल एक लाख ५० हजार दुई रुपैयाँ पुरस्कृत गरिएको थियो ।

त्यस्तै सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी थिइन् । दुवैलाई पुरस्कार रकमबाट ५० हजार हजार थप गर्दै एक लाख दुई रुपैयाँसहित सम्मान गरिएको थियो । रूपेश विष्ट मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकमा सुशीला थापा थिए । प्रशिक्षकद्वयसँगै अफिसियललाई पनि समान ५० हजार रुपैयाँसहित सम्मान गरिएके थियो । पूर्वमन्त्री तथा नकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्री र शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल र सिइओ दीपप्रकाश पाण्डले विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् ।

नेपाल पुलिस क्लवले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो । माल्दिभ्समा शनिवार सम्पन्न च्याम्पियनसिपमा नेपाल पुलिस क्लबसहित उज्बेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ क्लवले प्रतिष्पर्धा गरेका थिए । लिग चरणामा नेपाल पुलिसले हुमोसँगै श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लवलाई समान ३–० ले हराएको थियो ।

नेपाल पुलिसले माल्दिभ्सका टोली वाम्को क्लबलाई ३–२ र माल्दिभ्स पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले आठौं एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लब च्याम्पियनसिपमा चुनौती प्रश्तुत गरेको हो । यस च्याम्पियनसिपमा सहभागी हुन पुलिसले एपिएफ क्लवकी स्पाइक सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्यु डायमण्ड स्पोटर््स क्लवकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुवन्ध गरेको थियो ।


प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?