Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

श्रमिकहरुको सामाजिक सुरक्षामा लाग्ने कर हटाउन जेटियुसिसीको माग


काठमाडौं । श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लागेको कर हटाउन सरोकारवालाले माग गरेका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन जोड दिएका हुन् । कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले करको कुरामा नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले सामाजिक सुरक्षामा कर लागिरहेको भन्दै नीतिगत रुपमा यसको समाधान खोज्नुपर्ने बताए । उनले श्रमिकहरु कार्यरत रहँदा कर व्यहोरिरहने र उपदान कोष फिर्ता लिँदा पनि कर तिर्नुपर्ने अवस्था रहेको भन्दै करको दोहोरोपनालाई पनि हटाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘करको कुरामा हामीले नीतिमा हस्तक्षेप गर्नुपर्यो । सामाजिक सुरक्षामा पनि करहरु लागिरहेको अवस्था छ । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा त्यहाँ करहरु लागेको अवस्था छ । दोहोरो करको कुरा पनि आइरहेको छ । अवकाश कोषमा पनि करको कुरा आइरहेको छ । एकातिर कार्यरत अवस्थामा हामीले कर बेहोरिरहेका छौँ । एकमुस्ट रुपमा राखेको उपदान कोषहरुलाई फेरि फिर्ता लिदाँखेरी फेरि कर तिर्नुपर्ने परिस्थिति निर्माण भएको छ । यि सबै किसिमका कुराहरुलाई हामीले नीतिमार्फत सम्बोधन गर्नुपर्छ ।’

उनले नीतिगत व्यवस्था गरी करको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?