Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

राप्रपा अतिवादमा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छः बुद्धिमान तामाङ


काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताएका छन्  ।

मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरुको पार्टी धर्ममा अतिवादी नभएको बताएका छन् । उनले आफूहरु परम्परावादी शक्ति भएपनि उदार भएको बताए । उनले राप्रपा धर्ममा अतिवादी नभएको स्पष्ट पार्दै  राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको बताएका छन् । उनले पार्टीले अतिवादी धर्ममा विश्वास नगरी उदारवादमा विश्वास गर्ने बताए  । आफूहरु सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उल्लेख गरेल्का छन्  ।

उनले भने ,‘हाम्रो यो पार्टी धर्म, संस्कृति, संस्कार, परम्पराको जगमा गठन भएको हो । यसपछि राष्ट्रियता, प्रजातन्त्र, उदारवाद जुन नारा छ, हामी राष्ट्रवादी हौँ । या प्रजातन्त्रप्रति प्रतिवद्ध छौँ । मान्छेहरुले हामीलाई परम्परावादी शक्ति भन्छन्, हामी लिबरल(उदार) छौँ । हामी अतिवादी धर्मवादी होइनौँ । हामी उदार किसिमको धर्मको कुरा गर्छौं । हामी हिन्दुवादी राज्यको कुरा गर्छौं । हामी अतिवादी धर्ममा विश्वास गर्दैनौँ । हामी उदारवादमा विश्वास गर्छौं । सबैलाई धार्मिक स्वतन्त्रता हुनुपर्छ । पहिचानलाई हिन्दुराष्ट्र हुनुपर्छ भनेर हामी अगाडी बढेका छौँ ।’

उनले पार्टीले आन्दोलनको तयारी गरेको सन्दर्भमा आन्दोलनको तयारी पूर्णरुपमा खुला रुपमा नगर्न आग्रह गरे  । आ–आफ्नो तयारीलाई गोप्यता राख्न पनि उनले निर्देशन दिएका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?