Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राप्रपा अतिवादमा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छः बुद्धिमान तामाङ


काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताएका छन्  ।

मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरुको पार्टी धर्ममा अतिवादी नभएको बताएका छन् । उनले आफूहरु परम्परावादी शक्ति भएपनि उदार भएको बताए । उनले राप्रपा धर्ममा अतिवादी नभएको स्पष्ट पार्दै  राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको बताएका छन् । उनले पार्टीले अतिवादी धर्ममा विश्वास नगरी उदारवादमा विश्वास गर्ने बताए  । आफूहरु सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उल्लेख गरेल्का छन्  ।

उनले भने ,‘हाम्रो यो पार्टी धर्म, संस्कृति, संस्कार, परम्पराको जगमा गठन भएको हो । यसपछि राष्ट्रियता, प्रजातन्त्र, उदारवाद जुन नारा छ, हामी राष्ट्रवादी हौँ । या प्रजातन्त्रप्रति प्रतिवद्ध छौँ । मान्छेहरुले हामीलाई परम्परावादी शक्ति भन्छन्, हामी लिबरल(उदार) छौँ । हामी अतिवादी धर्मवादी होइनौँ । हामी उदार किसिमको धर्मको कुरा गर्छौं । हामी हिन्दुवादी राज्यको कुरा गर्छौं । हामी अतिवादी धर्ममा विश्वास गर्दैनौँ । हामी उदारवादमा विश्वास गर्छौं । सबैलाई धार्मिक स्वतन्त्रता हुनुपर्छ । पहिचानलाई हिन्दुराष्ट्र हुनुपर्छ भनेर हामी अगाडी बढेका छौँ ।’

उनले पार्टीले आन्दोलनको तयारी गरेको सन्दर्भमा आन्दोलनको तयारी पूर्णरुपमा खुला रुपमा नगर्न आग्रह गरे  । आ–आफ्नो तयारीलाई गोप्यता राख्न पनि उनले निर्देशन दिएका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?