Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छः डा. प्रकाशचन्द्र लोहनी


काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन्  ।

मङ्गलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका छन् । उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले  ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएको बताएका छन् ।

उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताउदै उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए । उनले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने र  त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताएका छन्  ।

उनले भने, ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन । अनि कहाँबाट ल्याउने ? अनि कहाँबाट बिकासका लागि ल्याउने ? माग्ने भएर टोपि थापेर जाने बाहेक के छ ? अरु देशहरुले देखेका छन् हाम्रो स्थिति । अरु देशहरुले बुझेका छन् । १९७० को दशकमा बंगलादेशलाई भन्थे, यो संसारको माग्ने हो भन्थे त्यही माग्नेको स्थितिमा हामीलाई यिनीहरुले पु¥याएका छन् । यो यथार्थतालाई हामीले बताउनुपर्छ । यसलाई परिवर्तन गर्नलाई श्री ३ हरुबाट हुँदैन । किनभने यिनीहरु यति भ्रष्टाचारमा लिप्त भएका छन्, एकले अर्कालाई बचाउनपट्टि लाग्छन् । अन्यथा गर्न सक्दैनन् यिनीहरुले । आजैको आन्दोलन हेर्नुस् त, सहकारीकै हेर्नुस् कि बालमन्दिरको । आज अखबारमा आएको छ । राप्रपाले त आफ्नो दृष्टिकोण बढो स्पष्ट पारेको छ । सहकारीमा राप्रपाको एकजना माननीय पनि त पर्नु भएको थियो नि । राप्रपा नै त्यस्तो पार्टी हो जसले लेखेर वक्तव्य दिएर के भन्यो भने यदि सहकारीमा हाम्रा कुनै माननीय कसैले बद्मास गर्नुभएको छ भने त्यसमा कारबाही गर्नुस्, हाम्रो सहयोग रहन्छ भनेर । अरु पार्टीले के गरिरहेका छन्, त्यही कुरामा । र शासन गर्ने पार्टी के गरेर बसेको छ ? चल्न सकेको छैन । त्यसैले भ्रष्टाचार यहाँ नियन्त्रण हुँदैन । देश संकटमा जाने भनेको यहीँ हो । अवस्था परिवर्तनको लागि अब व्यवस्था परिवर्तन गर्नुपर्छ । संविधानमा परिवर्तन गर्नुपर्छ । र त्यसको लागि खाइपाइ आएकाले यस्सै छोड्नेवाला छैनन् । तपाईसँग कुरा गर्दैनन् । कुरा गर्ने बाध्यताको तपाईले सिर्जना गर्नुपर्छ । त्यो सिर्जना गर्ने भनेको आन्दोलन हो ।’

पूर्वअध्यक्ष लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भुमिकामा राजसंस्थालाई राख्नुपर्ने र  राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकिय रुपमा राख्नु उपयुक्त हुने बताएका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?