Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अफगानिस्तानले दैनिक १ हजार ३ सय टन कच्चा तेल निकाल्ने


एजेन्सी। अफगानिस्तानको कामचलाउ सरकारको खानी तथा पेट्रोलियम मन्त्रालयले देशले उत्तरी सारी पुल प्रान्तमा दैनिक १३ सय टन कच्चा तेल निकाल्ने घोषणा गरेको छ ।

यस प्रान्तको कश्कारी, आंगुट र आक दर्या तेल बेसिनको बाहिरी भागमा रहेका २१ वटा इनारबाट कच्चा तेल निकाल्ने प्रक्रिया जारी छ । उल्लेखित क्षेत्रमा थप २५ वटा इनार छिट्टै खन्ने र मर्मत गरिने मन्त्रालयका प्रवक्ता हमायुन अफगानले बताउनु भयो । कच्चा तेलको प्रशोधन गर्ने क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ३ हजार जनालाई रोजगारीको अवसर प्रदान गरिएको छ ।
ग्यास स्रोतको विकास गर्ने लक्ष्य राखेको मन्त्रालयका अनुसार उत्तरी जज्जान प्रान्तमा ग्यास उत्खननका लागि विदेशी कम्पनीसँग सम्झौता भएको छ ।

अगस्ट २०२१ मा सत्ता ग्रहण गरेदेखि अफगान कार्यवाहक सरकारले देशभरका खानी, तेल र ग्यास निकाल्न स्वदेशी र विदेशी कम्पनीहरूसँग सम्झौताहरूको एक श्रृंखलामा हस्ताक्षर गरेको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?