Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अफगानिस्तानले दैनिक १ हजार ३ सय टन कच्चा तेल निकाल्ने


एजेन्सी। अफगानिस्तानको कामचलाउ सरकारको खानी तथा पेट्रोलियम मन्त्रालयले देशले उत्तरी सारी पुल प्रान्तमा दैनिक १३ सय टन कच्चा तेल निकाल्ने घोषणा गरेको छ ।

यस प्रान्तको कश्कारी, आंगुट र आक दर्या तेल बेसिनको बाहिरी भागमा रहेका २१ वटा इनारबाट कच्चा तेल निकाल्ने प्रक्रिया जारी छ । उल्लेखित क्षेत्रमा थप २५ वटा इनार छिट्टै खन्ने र मर्मत गरिने मन्त्रालयका प्रवक्ता हमायुन अफगानले बताउनु भयो । कच्चा तेलको प्रशोधन गर्ने क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ३ हजार जनालाई रोजगारीको अवसर प्रदान गरिएको छ ।
ग्यास स्रोतको विकास गर्ने लक्ष्य राखेको मन्त्रालयका अनुसार उत्तरी जज्जान प्रान्तमा ग्यास उत्खननका लागि विदेशी कम्पनीसँग सम्झौता भएको छ ।

अगस्ट २०२१ मा सत्ता ग्रहण गरेदेखि अफगान कार्यवाहक सरकारले देशभरका खानी, तेल र ग्यास निकाल्न स्वदेशी र विदेशी कम्पनीहरूसँग सम्झौताहरूको एक श्रृंखलामा हस्ताक्षर गरेको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?