Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग


१२ चैत्र, काठमाडाैँ । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उनले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते भएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै उनले यस किसिमका दुखद् घट्नाको अन्त्य गर्न माग गर्दै शान्तिपूर्ण रुपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै यसमा हुने दमनलाई रोक्न आग्रह गरे ।

बैठकमा सांसद रामहरि खतिवडाले कुनै पनि दुर्घटनामा घाइते हुने यात्रुको उपचारमा अस्पतालले धरौटी माग्ने गरेको र विभिन्न कठिनाइ रहेको बताउँदै यसमा सहज व्यवस्थाका लागि सरकारसँग आग्रह गरे ।

साथै उनले आमजनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क तथा प्रभावकारी सेवा प्रदान आवश्यक प्रबन्ध गर्नसमेत माग गरे । सांसद अरुणकुमार चौधरीले सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको कर्णाली चिसापानी पुल उचित मर्मतको अभावमा नटबोल्ट खिइएर झरेको अवस्थामा रहेकाले दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै तत्काल उचित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

सांसद प्रभु साहले राजस्व छल्ने नाममा आतङ्क मच्चिएको र राजस्व छलिका मुद्दामा पक्राउ गर्नेलाई प्रदान गरिने ४५ प्रतिशत कमिसनको व्यवस्थाको दुरुपयोग भएको बताउँदै यसलाई नियन्त्रण गर्न माग गरे ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?