Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने


काठमाडौँ । नेपालले इरानको एन्जल शहरमा हुने सिनियर वल्र्ड कप बिच कबड्डी च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने भएको छ ।

आगामी सेप्टेम्बर २५ देखि ३० तारिखसम्म आयोजना हुने पहिलो संस्करणको वल्र्ड कप बिच कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रश्तुत गर्ने भएको हो । अखिल नेपाल कबड्डी संघले आईतवार एक कार्यक्रम आयोजना गर्दै वल्र्ड कप बिच कबड्डी खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमका बीच राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले बिदाई गरेका छन् ।

सो अवसरमा सदस्यसचिव घिसिङले कबड्डी खेलले धेरै सम्भावना देखाए पनि राज्यले यस खेलप्रति त्यति चासो देखाउन नसकेको इतिहास रहेको बताउदै उनले अलि  लामो तयारी, मिहिनत र लगानी गरेमा महिला र पुरुष दुवैबाट पदक सम्भावना रहेको औंल्याए ।

यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दैछन् । भारतले पनि यसै च्याम्पियनसिपमा खेल्ने तयारी गरेको थियो । तर अन्तर्राष्ट्रिय कबड्डी फेडेरेसनले भारतीय एमेच्योर कबड्डी फेडेरेसनमाथि प्रतिवन्ध लगाएपछि इरानमा भारतको चुनौती नहुने भएको हो । यसै प्रतियोगिता लागि नेपालले १५ दिन विशेष प्रशिक्षणसमेत गरेको थियो । यसै च्याम्पियनसिपका लागि कल्याण भुजेलको कप्तानीमा ६ सदस्यीय नेपाली टोली घोषणा भैसकेको छ ।

विष्णु भट्टको प्रशिक्षणमा रहेको टोलीमा रन्जित गजमेर, पदमबहादुर बिष्ट, गणेश कार्की, रामु टमटा र नीरज चन्द छन् । टिम व्यवस्थापकमा शरद दर्शन धारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया रहेको अखिल नेपाल कबड्डी संघका महासचिव झाले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ६ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?