Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता


काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।

उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका छन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए ।


प्रकाशित मिति: ६ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?