Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न


एजेन्सी। श्रीलंकामा राष्ट्रपतीय निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भएको मतदान औपचारिक रुपमा अपराह्न ४ बजे समाप्त भएको थियो । सोही दिन १३ हजारभन्दा बढी मतदान केन्द्रमा निर्वाचनका लागि तोकिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित गर्नका लागि करिव ६३ हजार प्रहरी अधिकारीहरूलाई निर्वाचनको काममा खटाइ देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । राष्ट्रपतीय निर्वाचनमा १ करोड ७० लाखभन्दा बढी मानिस मतदान गर्न योग्य छन् । यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी दलका सजित प्रेमदासा र राष्ट्रिय जनशक्तिका अनुरा कुमारा दिसानायकेलगायत ३८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

चुनाव जित्नका लागि उम्मेदवारलाई ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ । यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गर्न सकेन भने यसले दोस्रो चरणमा जानेछ । नोभेम्बर २०१९ मा राष्ट्रपति चुनाव जितेका गोटाबाया राजापाक्षेले देशमा गम्भीर आर्थिक संकटको बीचमा जुलाई २०२२ मा पदबाट राजीनामा दिए ।

राजापाक्षेले राजीनामा दिएपछि संसदमा भएको निर्वाचनमा विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


प्रकाशित मिति: ६ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?