Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न


एजेन्सी। श्रीलंकामा राष्ट्रपतीय निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भएको मतदान औपचारिक रुपमा अपराह्न ४ बजे समाप्त भएको थियो । सोही दिन १३ हजारभन्दा बढी मतदान केन्द्रमा निर्वाचनका लागि तोकिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित गर्नका लागि करिव ६३ हजार प्रहरी अधिकारीहरूलाई निर्वाचनको काममा खटाइ देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । राष्ट्रपतीय निर्वाचनमा १ करोड ७० लाखभन्दा बढी मानिस मतदान गर्न योग्य छन् । यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी दलका सजित प्रेमदासा र राष्ट्रिय जनशक्तिका अनुरा कुमारा दिसानायकेलगायत ३८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

चुनाव जित्नका लागि उम्मेदवारलाई ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ । यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गर्न सकेन भने यसले दोस्रो चरणमा जानेछ । नोभेम्बर २०१९ मा राष्ट्रपति चुनाव जितेका गोटाबाया राजापाक्षेले देशमा गम्भीर आर्थिक संकटको बीचमा जुलाई २०२२ मा पदबाट राजीनामा दिए ।

राजापाक्षेले राजीनामा दिएपछि संसदमा भएको निर्वाचनमा विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


प्रकाशित मिति: ६ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?