Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी


१२ चैत्र, एजेन्सी । गत शुक्रबार साँझ पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । उद्धारकर्मीले एक जनालाई जिवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा गत शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पु¥याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् । आधुनिक उपकरण र तालिम प्राप्त कुकुरको सहयोगमा खोजी जारी रहेको उवाल्दे प्रहरी महाशाखाले बताएको छ ।

कम्पनीले शनिबार राति एक विज्ञप्ति निकालेर घटनाबाट सबै कर्मचारी स्तब्ध भएका तथा पीडित कर्मचारीका परिवारको सहयोगमा उनीहरू केन्द्रित रहेका जनाउँदै तत्काल उद्धार र खोजमा असाधारण सक्रियता देखाएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरेको छ । कम्पनीले आफ्ना नजिकका साथी र सहकर्मी गुमाएकामा दुःख व्यक्त गर्दै ७० वर्षभन्दा लामो समयदेखि बरोमा व्यवसाय गर्दा यस्तो अप्रिय घटना कहिल्यै नभएको बताएको छ ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?