Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी


१२ चैत्र, एजेन्सी । गत शुक्रबार साँझ पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । उद्धारकर्मीले एक जनालाई जिवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा गत शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पु¥याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् । आधुनिक उपकरण र तालिम प्राप्त कुकुरको सहयोगमा खोजी जारी रहेको उवाल्दे प्रहरी महाशाखाले बताएको छ ।

कम्पनीले शनिबार राति एक विज्ञप्ति निकालेर घटनाबाट सबै कर्मचारी स्तब्ध भएका तथा पीडित कर्मचारीका परिवारको सहयोगमा उनीहरू केन्द्रित रहेका जनाउँदै तत्काल उद्धार र खोजमा असाधारण सक्रियता देखाएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरेको छ । कम्पनीले आफ्ना नजिकका साथी र सहकर्मी गुमाएकामा दुःख व्यक्त गर्दै ७० वर्षभन्दा लामो समयदेखि बरोमा व्यवसाय गर्दा यस्तो अप्रिय घटना कहिल्यै नभएको बताएको छ ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?