Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना


१२ चैत्र, एजेन्सी । चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको हो ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशमन्त्रीले हस्ताक्षर गरेका हुन् । चीनले तेगुसिगल्पाको निर्णयलाई सही विकल्प भन्दै त्यसको स्वागत गरेको छ ।

होन्डुरस र ताइवानले औपचारिक रूपमा एकआपसको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै तेगुसिगल्पा र बेइजिङबीच कूटनीतिक सम्बन्ध कायम भएको हो । विश्वका १४ सार्वभौम राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम गरेको ताइवानलाई अब भ्याटिकन सिटीलगायत १३ देशले मात्र मान्यता दिएका छन् ।

यसैबीच, एशोसिएटेड प्रेसले दुई देशबीचको नयाँ सम्बन्ध बेइजिङ र संयुक्त राज्य अमेरिका बीचको बढ्दो तनावका बेला कायम भएको जनाउँदै स्वशासित ताइवानप्रति चीनको बढ्दो दृढता र ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ प्रभावको सङ्केत गरेको बताएको छ ।

होन्डुरसको विदेश मन्त्रालयले आफ्नो देशको सरकारले विश्वको एउटा मात्र चीनलाई मान्यता दिने र समग्र चीनको प्रतिनिधित्व बेइजिङले गरेको बताएको छ । ताइवान चिनियाँ क्षेत्रको अविभाज्य भाग भएको उल्लेख गर्दै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ताइवानसँग औपचारिक सम्बन्ध कायम नगर्ने वाचा गरेको छ । तेगुसिगल्पाल ताइपेइसँगको कूटनीतिक सम्बन्ध तोडिएको जानकारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।

ताइवानका विदेशमन्त्री जोसेफ वुले पनि आज ताइपेइमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो मर्यादा र सार्वभौमसत्ता रषाका लागि होन्डुरससँगको सम्बन्ध तोडेको बताएका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?