Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सर्वसाधारणका लागि खुल्यो धरहरा, रमाए नागरिक


काठमाडौं । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो । यही भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो । सोही अनुसार तत्कालका लागि निःशुल्क रुपमा धरहरामा प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ ।

शहरी विकास मन्त्रालयअन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा सर्वसाधारणले धराहराको अवलोकन गर्न पाउनेछन् । तत्कालका लागि निःशुल्क धरहरा अवलोकन गर्न पाउने व्यवस्था गरिएको शहरी विकास तथा भवन निर्माण विभागका अधिकृत वीरसिंह भण्डारीले जानकारी दिएका छन् । उनले धरहरा हेर्नेहरुको घुइँचो लागेकाले व्यवस्थापनको काममा चाप परेको बताउदै  धरहरा हेर्न जानका लागि आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, राहदानीको फोटोकपी मात्रै भएपनि हुनेछ ।

विभागका अधिकृत भण्डारीले भने, धराहरा घुम्नका लागि कागजातहरु नबोके पनि हुन्छ । मोबाईलमा फोटा खिचेर ल्याउनु । कुनै न कुनै आइडी । नागरिकता वा पासपोर्टको, भोटर आईडी वा लाईसेन्स जुन भएपनि हुन्छ । तर हार्ड कपी नै बोक्नुपर्छ भन्ने छैन । फोटो कपी खिचेर ल्याए भयो । अहिले तत्काललाई आईपी एड्रेस छ । त्यसमा लगइन गर्ने, भर्ने । त्यो भरेपनि क्यूआर जेनेरेट हुन्छ । त्यो हाम्रो कर्मचारीलाई देखाउनु भयो भने त्यो उहाँहरुले रिड गर्नुहुन्छ । त्यसै आधारमा अहिले तत्काललाई निःशुल्क घुम्ने व्यवस्था मिलाइएको छ । आजबाट शुरु भयो । अहिलेलाई निःशुल्क छ । त्यसको व्यवस्थापन पछि होला ।

शहरी विकास मन्त्रालयअन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागका अनुसार धरहरा चढ्न प्रि–टिकट बुकिङको व्यवस्था गर्ने भने पनि तत्कालका लागि धरहरास्थलमै गएर टिकट लिनुपर्नेछ । यसैबीच सर्वसाधारणले पनि धरहराको पुनर्निर्माण भएको खुशी व्यक्त गरेका छन् । उनीहरुले त्यहाँको प्रवेशका लागि सहज वातावरण निर्माण गरिदिन पनि व्यवस्थापन पक्षसँग अनुरोध गरे । धरहरा चढ्न पुगेका सर्वसाधारणले देशको गहनाको रुपमा रहेको धरहरा पुनर्निर्माणमा केही ढिलो भएको पनि प्रतिक्रिया दिए ।

२०७२ सालको विनाशकारी भूकम्पले ढलाएको धराहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । सो धरहरा अपांगतामैत्री भएकाले उनीहरुलाई पनि चढ्न सहज र सजिलो हुने अपेक्षा गरिएको छ । दुई वर्षमा सक्ने गरी २०७५ साल कार्तिकमा धरहरा पुननिर्माणको काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरी शुरु भएको थियो । आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो । जसका कारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा बिस्तार भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?