Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

बिरामी भएर अस्पताल जाँदा यसाे गरिदिनुस न है !


  • डा. रामजी राम

अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन ।

तसर्थ अस्पतालमा स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ:
१. अस्पताल जाँदा आफ्ना पुराना स्वास्थ्य सम्बन्धी कागजात छन भने लिएर जाने साथै नियमित खाने तथा हाल सेवन गरिरहेका औषधिसमेत लिएर जाने बानी बसाल्नु पर्छ। यसले गर्दा बिरामीको पुरानो स्वास्थ्य अवस्था र हालको स्वास्थ्य अवस्था बिच दाँज्न सजिलो हुन्छ। औषधिसमेत लगेको अवस्थामा आंफुले खाईरहेको औषधि सहि छ या खाने तरीका सहि भैराखेको छ छैन भन्ने थाहा हुन्छ।

२. अस्पताल नितान्त आफ्नो समस्या तथा सहि सरसल्लाह लिने हेतुले जानुहोस न कि मेरो यो जाँच गर्ने मन लागेर आएको , मेरो Video X Ray गर्दिनुस, X – ray गर्दिनुस, मेरो यो रगत जाँच गर्दिनुस भनेर भन्दा आंफुलाई आवश्यक पर्ने जाँच भने छुटिरहेको हुन्छ। त्यसले आंफैलाई सम्म्स्या निम्त्याउने हो। त्यसैले यो गर्दिनुस भन्नू भन्दापनी मेरो समस्या यो छ भनेर सुनाउनुहोस अनि सल्लाह सुन्नुहोस पनि।

३. “Whole Body Checkup” भन्ने भ्रम बाट टाढा रहनुहोस। समस्या अनुसार आवश्यक पर्न्ने जाँच गर्नु आवश्यक हो। Whole Body Checkup एक अर्थमा असान्दर्भिक र असम्भव जाँच हो। समस्या नभएतापनी गरिने जाँच हरु विशेषगरी ३५ बर्ष उमेरसमुह काटिसकेपछी र कतिपय अवस्थामा वङ्साणुगत रोगहरुलाई अलिक पहिले नै screening गर्नु पर्न्ने हुन्छ। त्यस्तो जाँचलाई Routine Checkup भनिन्छ र आवश्यक रोगहरुको screening भने गर्नुपर्न्ने हुन्छ।

४. अस्पताल OPD चेक अप गर्न जानेहरु अलिक समयमै पुग्नु जस्ले गर्दा आवश्यक जाँच तथा report हरु पनि समय दिएर मुल्यांकन गर्न्न सकियोस र हतार हतारमा कुनै निर्णय नहोस।
५. सकेसम्म अस्पताल जाँदा एक जना साथी लिएर जानुहोस। अझ विशेषगरी वृद्ध आमाबुबा लाई एक्लै अस्पताल नपठाउनुहोस। वहाँहरुमा कान नसुन्ने, राम्रो सङ्ग देख्न नसक्ने, अस्पतालमा अलमलिने समस्याले वहाँहरुलाई एक सारथि आवश्यक हुन्छ। साथै वहाँ हरुको समस्या बुझ्न तथा बुझाउन मात्र नभै उपचारका सरसल्लाहको लागि पनि पारिवारिक सदस्यको महत्वपूर्ण भुमिका हुन्छ।

६. चिकित्सक लाई अत्याउने तथा हतोत्साहित बनाउने काम नगर्नुहोस। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिरामीलाई नै असर पर्ने हुन्छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अस्पतालका एक कर्मचारी मात्रै हुन। सबैथोक उनिहरुको हातमा हुँदैन भन्ने बुझ्नुहोस। उनिहरुले तपाईजस्तै सयौंलाई आफ्नै मानेर उपचार गर्नु पर्ने हुन्छ। मुख्य कुरा: चिकित्सक भगवान हैनन, केवल आफ्नो ज्ञान प्रयोग गरेर तपाईंहरुलाई सहयोग गर्ने कोशिश मात्रै गर्ने हुन, ज्यानको जिम्मा लिने होइनन।

७. “यस्सो देखाएर गैहाल्ने हो !” भन्ने मानसिकताबाट टाढा रहनुहोस। सानो समस्या भएतापनी त्यसलाई चिकित्सकले राम्ररी नियाल्नु पर्छ। त्यसलाई नजरअन्दाज नगर्नुहोस।

८. “सुखमा न आत्त्तिने दुखमा नमात्तिने !” गाह्रो भएर आएको बेला सेकेन्ड भित्रै हतारहतारमा उपचार चाहिने, नभए अत्याउने गाली गलौज गर्ने , अनि अलिकती ठिक भएको महसुस हुनासाथ घरै जान हतार हुने। कुनै पनि उपचारको पद्धति हुन्छ, त्यसलाई आत्मसात गर्न कोशिस गर्नुहोस। “धान रोप्ने बित्तिकै फल्दैन”, समय लिन्छ। यसैगरी औषधिलाई पनि काम गर्न अलिकती समय लाग्छ कुनैलाई छिटै, कुनैलाई अलिक बढी। यो कुरामा ज्ञात रहनुहोस।

९. आंफू पनि अनुशासनमा रहनुहोस र अरुलाई पनि अनुशासित रहन प्रेरित गर्नुहोस।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?