Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

१७ राष्ट्रले महिला तथा पुरुष एशिया रग्बी सेभेन्स ट्रफी खेल्दै


काठमाडौं । नेपालमा आगामी असोजको तेस्रो साता महिला तथा पुरुष एशिया रग्बी सेभेन्स ट्रफ्री आयोजना हुने भएको छ ।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा एशिया रग्बीको ठूलो प्रतियोगिता हुन लागेको हो । यसअघि नेपाल रग्बी संघले यसअघि सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एशिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको छ । नेपाल रग्बी संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार पत्रकार सम्मेलन गर्दै एशिया रग्बी सेभेन्स ट्रफीको बारेमा जानकारी दिएको हो । यसपल्ट एशिया रग्बी सेभेन्स ट्रफीका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

ट्रफीमा पुरुषतर्फ १४ र महिलामा आठ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । यसअघि १८ देशले नेपालमा हुने एशियाली रग्बीको आयोजनामा चुनौती प्रश्तुत गर्ने पक्का भएपनि अन्तिम समयमा भिसा प्राप्त गर्न नसक्दा इरान सहभागी नहुने भएको छ । यद्यपि, ट्रफीमा विभिन्न देशका गरी कुल ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । दुवै तर्पmका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउनेछन् ।

रग्बी संघका महासचिव गोविन्दबहादुर घिमिरेले यो प्रतियोगिता ओलम्पिक छनोटको माध्यमसमेत रहेको उल्लेख गरे । साथै उनले एशियन गेम्स खेल्न एशिया रग्बी सेभेन्स खेल्नै पर्ने प्रावधान रहेको बताएका छन् । संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्टलाई नियुक्त गरेको थियो । मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण र पोखरामा बन्द प्रशिक्षण गरी पछिल्लो दुई महिनादेखि तयारी गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए ।

यसै प्रतिष्पर्धाका लागि नेपालका दुवै टोलीतर्फ १६ सदस्यीय खेलाडी घोषणा भइसकेको छ । नेपालले यस प्रतियोगितामा बल च्याम्पियनसिपको उपाधिसँगै एशियाली वरीयतामा पनि सुधार गर्ने लक्ष्य राखेको छ । यसअघि एशिया रग्बीका खेल दशरथ रंगशालामा आयोजना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन भएको चर्चा चलेको थियो । यद्यपि पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवकोटाले यसअघि गलत सूचना पुगेको र अहिले नेपाल रग्बी संघसहित खेलाडीसँगको भेटपछि प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन् ।

उनले विश्वकप फुटबल नै हुने मैदानमा रग्बीको विश्वकपलगायत अन्य प्रतियोगिता हुने गरेको प्रष्ट्याएका छन् । प्रतियोगिताको अनुमानित बजेट करिव २ करोड २० लाख रुपैयाँ रहेको नेपाल रग्बी संघले जानकारी दियो ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?