Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

१७ राष्ट्रले महिला तथा पुरुष एशिया रग्बी सेभेन्स ट्रफी खेल्दै


काठमाडौं । नेपालमा आगामी असोजको तेस्रो साता महिला तथा पुरुष एशिया रग्बी सेभेन्स ट्रफ्री आयोजना हुने भएको छ ।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा एशिया रग्बीको ठूलो प्रतियोगिता हुन लागेको हो । यसअघि नेपाल रग्बी संघले यसअघि सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एशिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको छ । नेपाल रग्बी संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार पत्रकार सम्मेलन गर्दै एशिया रग्बी सेभेन्स ट्रफीको बारेमा जानकारी दिएको हो । यसपल्ट एशिया रग्बी सेभेन्स ट्रफीका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

ट्रफीमा पुरुषतर्फ १४ र महिलामा आठ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । यसअघि १८ देशले नेपालमा हुने एशियाली रग्बीको आयोजनामा चुनौती प्रश्तुत गर्ने पक्का भएपनि अन्तिम समयमा भिसा प्राप्त गर्न नसक्दा इरान सहभागी नहुने भएको छ । यद्यपि, ट्रफीमा विभिन्न देशका गरी कुल ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । दुवै तर्पmका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउनेछन् ।

रग्बी संघका महासचिव गोविन्दबहादुर घिमिरेले यो प्रतियोगिता ओलम्पिक छनोटको माध्यमसमेत रहेको उल्लेख गरे । साथै उनले एशियन गेम्स खेल्न एशिया रग्बी सेभेन्स खेल्नै पर्ने प्रावधान रहेको बताएका छन् । संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्टलाई नियुक्त गरेको थियो । मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण र पोखरामा बन्द प्रशिक्षण गरी पछिल्लो दुई महिनादेखि तयारी गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए ।

यसै प्रतिष्पर्धाका लागि नेपालका दुवै टोलीतर्फ १६ सदस्यीय खेलाडी घोषणा भइसकेको छ । नेपालले यस प्रतियोगितामा बल च्याम्पियनसिपको उपाधिसँगै एशियाली वरीयतामा पनि सुधार गर्ने लक्ष्य राखेको छ । यसअघि एशिया रग्बीका खेल दशरथ रंगशालामा आयोजना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन भएको चर्चा चलेको थियो । यद्यपि पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवकोटाले यसअघि गलत सूचना पुगेको र अहिले नेपाल रग्बी संघसहित खेलाडीसँगको भेटपछि प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन् ।

उनले विश्वकप फुटबल नै हुने मैदानमा रग्बीको विश्वकपलगायत अन्य प्रतियोगिता हुने गरेको प्रष्ट्याएका छन् । प्रतियोगिताको अनुमानित बजेट करिव २ करोड २० लाख रुपैयाँ रहेको नेपाल रग्बी संघले जानकारी दियो ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?