Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

चीनले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने


१२ चैत्र, एजेन्सी। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले देशको पर्यटन उद्योगको पुनःउत्थान र विकासलाई बढावा दिने उद्देश्यले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने घोषणा गरेको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय पर्यटन दिवसको अवसरमा आगामी मे महिनाभर देशभर अनलाइन तथा अफलाइन पर्यटन गतिविधि सञ्चालन गरिनेछ । दक्षिण पश्चिम चीनको युन्नान प्रान्तको तेङचोङमा रहेको प्राचीन शहर हेशुनमा महोत्सवको मुख्य स्थान राखिनेछ । पर्यटकीय वस्तुमा मुलुकले हासिल गरेका नवीनतम उपलब्धि प्रस्तुत गर्न मे १९ देखि २१सम्म नगरमा प्रदर्शनी गरिने मन्त्रालयले जनाएको छ ।

सूचनामा स्थानीय प्रशासनलाई सांस्कृतिक तथा पर्यटकीय गतिविधिका लागि कार्यक्रम सार्वजनिक गर्ने, वृद्धवृद्धा र अशक्तका लागि प्राथमिकता दिने नीति प्रदान गर्ने, जनकल्याणका लागि कलात्मक प्रस्तुति दिनेलगायत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि कदम चाल्न आह्वान गरिएको छ ।

स्थानीय अधिकारीहरूले वेबसाइट, वीच्याट अकाउन्ट र अन्य प्लेटफर्ममार्फत पर्यटनबारे प्रचारप्रसार गर्न र कार्यक्रमलाई भव्य बनाउन आग्रह गरिएको छ ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?