Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एन्फा महिला लिगः सरुको उत्कृष्ट प्रदर्शनमा एपिएफ अपराजित


काठमाडौं । एपिएफ क्लवले छैटौं खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्दै एन्फा महिला लिगमा शिर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफले मंगलवार संकटा क्लवमाथि ३–० को जित निकाल्दै जारी लिगमा आफ्नो लय जारी राख्यो । यससँगै साविकको विजेतासमेत रहेको एपिएफले लिगको शिर्र्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो । लिगको शिर्ष पाँच टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । शिर्ष स्थानको एपिएफले पाँचौं जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ । जुन दोस्रो स्थानको पुलिसको भन्दा पाँच अंकले बढी हो । यद्यपि, पुलिसले एक खेल कम खेलेको छ ।

यता, पहिलोपल्ट लिग खेलेको संकटाले विदेशी खेलाडी भित्राए पनि सुखद् नतिजा प्राप्त गर्न सकेको छैन् । समान खेलबाट संकटाको यो तेस्रो हार हो । संकटा पाँच अंकससहित सातौं स्थानमा छ । जुन नतिजाले संकटाको दोस्रो चरणमा पुग्ने सम्भावना कठिन छ । संकटाविरुद्ध एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा सरुको गोलबाट एपिएफले अग्रता लिएको हो । रश्मिकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिइन् ।

एक मिनेट नबित्दै संकटाले खेलमा फर्कन अवसर गुमायो । ममता पुनले काउन्टर अट्याकबाट दिएको उत्कृष्ट क्रसमा साबित्री किसिनले डाइभ गरे पनि फुत्किएको बलमा टासी ल्हामु शेर्पाले भेट्टाउन सकिनन् । लगत्तै निशा थोकर उक्त बल क्लियर गर्दै एपिएफको संकट टारिन् ।

२१औ मिनेटमा अनिता बस्नेतको करिब १० यार्डबाट गरेको सशक्त प्रहार संकटाकी गोलकिपर तेनिङ सेनेले उत्कृष्ट बचाउ गरिन् । त्यसपछि केही प्रयास भए पनि थप गोल निस्किन सकेन र पहिलो हाफमा एपिएफले १–० ले अगाडि रह्यो । अनिता केसीले ५१ औं मिनेटमा एपिएफको अग्रता दोब्बर बनाइन् । सरुले उपलब्ध गराएको बललाई अनिताले बक्सभित्र टर्न गर्दै उत्कृष्ट गोल गरेकी हुन् ।

एपिएफले ६४ औं मिनेटमा तेस्रो गोल गर्दै संकटामाथि दबाब बनायो । पेनाल्टी बक्स लाइनबाट सबिताले गरेको उत्कृष्ट गोलमार्फत एपिएफले ३–० को सहज अग्रता बनाएको हो । सरुले दिएको थ्रु पास नियन्त्रणमा लिँदै उनले गोल गरेकी हुन् । यस क्रममा सविताले संकटाका दुई रक्षकलाई बिट गर्दै बललाई पोस्टको दिशा दिइन् ।

यसपछिको समयमा थप गोल हुन सकेन र एपिएफको अपराजित यात्रा कायमै रह्यो । एपिएफकी सरु लिम्बू प्लेयर अफ दी म्याच भइन् ।


प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?